ताजा समाचार

आज    |   

प्रदेश तीनका पर्यटकीय तथा धार्मिक स्थलहरु



पर्यटकीय हिसाबले धनि प्रदेश ः प्रदेश तीन

पर्यटकीय हिसाबले प्रदेश नम्बर ३ धनि प्रदेशको रुपमा प्रर्दछ । जसको क्षेत्रफल २० हजार ३ सय वर्ग किमि छ । जुन कुल भू–भागको १३.७९ प्रतिशत जमिन हुन्छ । यस प्रदेशमा राजधानीसमेत भएको हुँदा धेरै हिसाबले यो प्रदेश सम्पन्न देखिन्छ । जनसंख्याका हिसाबले पनि यो प्रदेश अगाडि छ । यहाँको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ छ । सडकका हिसाबले पनि यो प्रदेश अन्य प्रदेशभन्दा सम्पन्न छ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रसमेत रहेको प्रदेश नम्बर ३ मा चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्ला रहेका छन् । यो प्रदेशको मुख्य पर्यटकीय स्थलका रुपमा काठमाडौं, भक्तपुर तथा ललितपुरका ऐतिहासिक धरोहरहरू पर्यटकको आकर्षक गन्तव्यको रूपमा रहेका छन् । त्यसैगरी गौरीशंकर हिमालदेखि चितवन राष्ट्रिय निकुञ्जसमेत यो प्रदेशमा रहेका छन् ।

प्रदेश तीनका पर्यटकीय तथा धार्मिक स्थलहरु

चितवन

चितवन जिल्लाका प्रमुख पर्यटकिय स्थलहरु चितवन राष्ट्रिय निकुञ्ज, देवघाट क्षेत्र हन् । यसका अलवा विश्वबाट लोप हुने अवस्थामा पुगेका दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघलगायत अनेकौं जंगली जनावर, जलचर, चरा र वनस्पतिहरूसँग सजिलै साक्षात्कार हुन सक्ने अवसर यहाँ देख्न सकिन्छ ।

मकवानपुर

पर्यटकीय हिसाबले मकवानपुर जिल्लाको धार्मिक मठ मन्दिरहरू उल्लेख्य रूपमा छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र भूटनदेवी, भुवनेश्वर महादेव, पुण्य क्षेत्र रहेका छन् भने मकवानपुरगढी गाविसमा मनकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ । चुरियामाईमा चुरियामाईको र भैंसेमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन् । त्यसैगरी दामनमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराहीमा बज्रबाराही, नामटारमा स्यार्सेकालिका, चित्लाङ्गमा शिवालय,हेटौंडा (९,चौधघरेमा शीर्षक लिंङ्करहेको कुष्माण्ड सरोबर त्रिवेणीधाम (मुक्तीनाथ पछिको १०८ धारा रहेको नेपालकै एक प्रसिद्ध धार्मिक एंव पर्यटकिय स्थल) साथै चिसापानी गडि मा बटुक भैरव को प्रसिद्ध मन्दिर छ । यसका अलावा तामाङ बाहुल्य क्षेत्रमा गुम्बा बौद्ध घ्याङ आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरू रहेका छन् ।

काठमाडौं 

यो प्रदेशको केन्द्रीय राजधानी रहेको जिल्ला हो काठमाडौँ । यहाँ पर्यटकीय तथा धार्मिक स्थलहरु धेरै रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय ठाउँहरुमा पशुपतिनाथ मन्दिर, कीर्तिपुर रहेका मन्दिरहरु, स्वयभ्भू स्तुपा आदि रहेका छन् ।

ललितपुर 

ललितपुर पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा रहेको छ । भौगोलिक तथा जैविक विविधता, सांस्कृतिक र कलामा धनी यो जिल्ला अन्तर्रा्ष्ट्रियस्तरमा समेत पर्यटकीय स्थलको रुपमा परिचित छ । गोदावरीको फुलचोकी, देवीचौरको सुन्तोलीडाँडा र देउराली, भट्टेडाँडाको सातकन्या, बुखेलको बिमिरे, महाभारतीय रेञ्जको रमिते र गुफाडाँडा, इकुडोलको माझखण्ड, चन्दनपुरको ससिपाभञ्ज्याङ, नल्लुडाँडा, डुकुछापको कटवालदह र लामाटारको लाँकुरीभञ्ज्याङ आदि पर्यटकीय ठाउँ हुन् ।

भक्तपुर

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण जिल्लाको रुपमा रहेको छ भक्तपुर । यस जिल्लामा भक्तपुर दरबार क्षेत्र, नगरकोट, चाँगुनारायण मन्दिर, सूर्य्विनायक मन्दिर, ठिमी भक्तपुर दरवार क्षेत्रको पानोरोमिक दृष्य पर्यटकीय क्षेत्र हुन । यसका अलवा भुपतिन्द्र मल्लको सालिक, सुनको ढोका, ठूलो घण्टा, च्यासिङ देगल, न्यातापोल मन्दिर, पचपन्नझ्याले दरवार, च्यासिङ देगल, भैरवनाथ मन्दिर पनि पर्यटकीय क्षेत्र हुन् ।

धादिङ 

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा सिद्धलेक, गुप्तेश्वरीगुफा, गंगा जमुना, त्रिपूरा सुन्दरी मन्दिर, मण्डली माई खर्के डाँडा, मण्डली माई, ज्वालामुखी, चमेरे गुफा, यस लगायत रहेका छन् । यस बाहेक धादिङ जिल्लामा खड्का देवी मन्दिर मैदी, तातोपानी मूल झार्लाङ, भैरवी मन्दिर सुनौलाबजार, खाल्टेको बाहुन बाजा, सलाङको मगर नाच पर्यटकलाई लोभ्याउने कला संस्कृतिले भरि पूर्ण छ ।

नुवाकोट 

नुवाकोट जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा नुवाकोट दरबार प्रमुख हो । यस बाहेक यहाँ बाट विभिन्न हिमालहरुको दृश्यहरुको अवलोकन गर्न सकिन्छ ।

रसुवा 

यो जिल्लामा चिनीयाँ पर्यटकहरुको प्रमुख आगमन हुने गर्दछ । यहाँ बाट चिन सँग नाका जोडिएकाले यस क्षेत्रको महत्व झनै बढेको छ । यस क्षेकाे पर्यटकी स्थलकाे रूपमा गाेसाइकुण्ड, लामटाङ , अादि हुन ।

काभ्रे 

काभ्रे जिल्लाको पर्यटकीय रुपमा गगनचुम्बी हिमालहरूमध्ये मनास्लू, लमजुङ्ग, गणेश हिमाल, गौरीशंकर हिमाल, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरू देखिन्छन् । यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरूले मात्र साधारणतया देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाँडाबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ । उपत्यकाको पूर्वमा रहेको नेवार बस्ती भएता पनि काठमाडौं र पाटनका नेवारहरूको भन्दा यहाँका नेवारहरूको संस्कृति र रीतिरिवाज धेरै अर्थमा बेग्लै र आफ्नै ढंगको छ ।

सिन्धुपाल्चोक 

सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले राष्ट्रको उत्कृष्ट जिल्लाहरुको दांजोमा आउँदछ । यस जिल्लाको प्रमुख प्राकृतिक सम्पदाहरुमा जलस्रोत, जङ्गल, र हिमाली टाकुराहरु हुन् । भोटेकोशी, सुनकोशी, ईन्द्रावति, ब्रम्हायणि र मेलम्ची जस्ता प्रमुख नदी हरु तथा पांचपोखरी, भैरवकुण्ड र सुर्यकुण्ड नामक तीन प्रसिद्ध कुण्ड र संधैभरी तातोपानि आईरहने तातोपानी धारा, बञ्जीजम्प स्थल ,हेलम्बु तथा जिल्लाको उत्तरी भागमा १,१५,००० हेक्टर क्षेत्रफल ओगटेको लाम्टाङ बन्यजन्तु आरक्ष, उत्तरी भागमा ६,५३५ मिटर उचाईको जुगल हिमाल र अन्य हिमाल पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् । छन् भने ईन्द्रावति नदीको फांट, जलबिरे खोलाको फांट र सुनकोशी नदीको वरीपरी जस्ता सुबिख्यात पर्यटकिय स्थलहरु हुन ।

दोलखा 

दोलखा नेपालको पर्यटकिय नगरि मध्येकै एक पर्यटकिय नगरि हो करिब ३९ सय मिटर उचाईमा रहेको कालिञ्चोक भगवति माईको मन्दिर, दोलखा भिमसेनको मन्दिर तथा गौरिशंकर हिमाल यस क्षेत्रको पर्यटकीय स्थल हुन् ।

रामेछाप

पर्यटन रामेछापका लागि राम्रो अवसर हो । तर, साधन र श्रोतको उचित परिचालन हुन नसक्दा पर्यटन रामेछापका लागि परिचित हुन सकेको छैन । विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश रामेछाप क्रस गरेपछि मात्र हुन्छ । लिखु, सुनकोसी, खिम्ती, तामाकोसीजस्ता नदीहरूमा ¥याफ्टिङ्ग सञ्चालन, ६९५८ मिटर अग्लो नुम्बुर हिमश्रृङ्खला, ३१०६ मिटर अग्लो तामेजस्ता क्षेत्र, पाँचपोखरी, जटापोखरी जस्ता क्षेत्र पर्यटकीय स्थलहरु हुन् ।

सिन्धुली 

पर्यटकीय दृष्टिकोणबाट अत्यन्त सुन्दर सिन्धुली जिल्लाको धार्मिक एवम् ऐतिहासिक महत्व पनि उच्च छ । कुशेश्वर महादेव, सिद्धबाबा, कालिकामाई तथा कमलामाई यहाँका मुख्य मन्दिर हुन् । नगरपालिका हुँदै बग्ने कमला नदी देशभर प्रसिद्ध छ । नगरपालिकास्थित रानीचुरी डाँडो जिल्लाकै ऐतिहासिक पर्यटकीय स्थल हो ।

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी