ताजा समाचार

आज    |   

कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने



नेपालगन्जमा आन्तिरक तथा वाह्य पर्यटको आवागमन बढाउन   कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने भएको छ । शनिवार होटल ब्यवसायी संघ बाँके ,मदिरा ब्यवसायी संघ बाँके र नेपालगंज वितरक संघको सयुक्त बैठकले कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्ज खाना महोत्सव गर्ने निर्णय गरेको छ ।

बैठकले होटल ब्यवसायी संघ बाँकेका अध्यक्ष भिम लाल कंडेलको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिको सल्लाहकारमा भास्कर काफ्ले र विष्नु लामिछाने रहनुभएको छ ।

समितिको सदस्समा अमित बस्नेत ,राजेस श्रेष्ठ राम बहादुर लिम्बु ,रङ्ग बहादुर खड्का ,मिम बहादुर सिंह ,हरिलाल न्योपाने रहनुभएको होटल ब्यवसायी संघ बाँकेका अध्यक्ष भिम लाल कंडेले बताउनुभयो । महोत्सवले नेपालगन्जको पर्यटन प्रवद्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Write your Comment


Related News
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • भ्रमण वर्षको अवसरमा पाटा नेपालले फेब्रुअरी २१ देखि २४ सम्म नेपाल इण्डिया चाइना एक्सपो गर्ने भ्रमण वर्षको अवसरमा पाटा नेपालले फेब्रुअरी २१ देखि २४ सम्म नेपाल इण्डिया चाइना एक्सपो गर्ने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी