ताजा समाचार

आज    |   

लामो बिदा छ ? जाउँ घुम्न -डोल्पाको शे फोक्सुण्डो ताल



कर्णाली प्रदेको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हो डोल्पा जिल्लामा रहेको शे फोक्सुण्डो ताल । कान्जिरोवा हिमालको काखैमा रहेको शे फोक्सुण्डो ताल सफा, स्वच्छ, सुन्दर शान्त र निर्मल पानी तथा प्राकृतिक अलौकिक उपहार हो । हेर्दामा निकै राम्रो ताल छिनछिनमा आफ्नो रुप बदल्ने गर्दछ । तालको पानी देखेर त्यहाँ पुग्ने जोकोही को मन मोहित हुन्छ । भौगोलिक विकटता भए पनि प्राकृतिक सुनदरता जैविक विविधताले गर्दा यस तालले पर्यटककलाई आफूतिर आर्कषित गरिरहेको छ । समुद्री सतहबाट ३ हजार ९ सय ९० मिटरको उचाई तथा ६ सय ५० मिटर गहिरो रहेको यो ताल नेपालकै गहिरो तालको रुपमा चिनिएको छ । यसका अलवा यस ठाउँमा पर्यटककलाई थप आकर्षित गर्ने पर्यटकीय स्थलहरु शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरासुन्दरी भगवतीको मन्दिर र शे गुम्बा हुन । यो ठाउँ विशेष रुपमा पदयात्रामा रमाउनेका लागि उपयुक्त छ । यस ठाउँमा जानको लागि यातायात तथा नेपालगन्जबाट हवाई सेवा प्रयोग गरेर जान सकिन्छ ।

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी