आज    |   

पर्सा राष्टिय निकुञ्जमा पर्यटककाे चहलपहल सुरु, जाने होईन त घुम्न ?



पर्सा राष्टिय निकुञ्जमा पर्यटककाे चहलपहल सुरुपर्यटकीय सिजन सुरू भए संगै पर्सा जिल्लाकाे प्रमूख पर्यटकीय क्षेत्र पर्सा राष्टिय निकुञ्जमा अान्तरिक तथा वाह्य पर्यटककाे चहलपहल सुरु भएकाे छ ।

काठमाडौंबाट नजिकको दूरीमा रहेकाे पर्सा राष्टिय निकुञ्जमा जंगल सफारी तथा वन्य जन्तुहरूकाे अवलाेककन गर्न अाउनेकाे संख्यामा वृद्भि भएकाे पर्यटन अभियनता एवंम हाेटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष माेहन शर्मा लामिछानेले बताउनुभयाे ।

अध्यक्ष लामिछानेले प्रदेश नम्बर दुइकाे संगम स्थल पर्सा राष्टिय निकुञ्ज, महागढिमाई मन्दिर, ऐतिहासिक सिम्रौनगढ क्षेत्रमा अाउने अान्तरिक तथा वाह्य पर्यटककाे अावागमन बढेकाे छ । यस क्षेत्रमा रहेकाे पर्या पर्यटन , धार्मिक पर्यटन, औद्योगिक पर्यटनले घुम्न अाउने पर्यटकलाइ मनाेरञ्जन प्रदान गरेकाे बताउनुभयाे ।

प्रदेश र स्थानीय सरकारले प्रदेश नम्बर दुईमा समृद्धि हासील गर्न रोजगार सृजना गर्न र आयकर वृद्धि गर्न पर्यटकीय गन्तब्य हरुमा भौतिक पुर्वाधार निर्माण शुरु गरि उचित प्रचार प्रसार गर्नु पर्दछ । नेपालका विभिन्न शहरहरु तथा भारतका सिमावर्ती शहरहरुमा गएर अन्तरक्रिया गरी अाफ्नाे क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूकाे  ब्रोसर, डकुमेन्ट्रि निमार्ण गरी प्रचार प्रसार गरे यस क्षेत्रकाे पर्यटनले गति लिने अध्यक्ष लामिछानेले बताउनुभयाे ।

स्थानिय तथा प्रदेश सरकारले पर्यटन क्षेत्रलाइ चासाे नदिए पछि पर्यटन बाट आर्थिक समृद्धि हासिल गर्न बाराका पर्यटन अभियनता माेहन शर्मा सहितकाे टाेली यति बेला दुई नम्बर प्रदेशमा पर्यटन प्रबद्र्धनबाट राम्रो आम्दानी लिन सकिनेभन्दै एकढिक्का भएर अघि बढेका छन् ।

पछिल्लाे समय यस क्षेत्रमा पर्यटककाे अावागमन बढे संगै  पर्यटकाे सुविधाका लागि सुविधा सम्पन्न हाेटल तथा रिसाेर्टहरू सञ्चालनमा अाएका छन् ।

किन जाने पर्सा राष्टिय निकुञ्ज

काठमाडाैँबाट पर्सा राष्टिय निकुञ्ज सबै भन्दा छाेटाे दुरिमा रहेकाे  निकुञ्ज हाे । यहाँ अध्ययन तथा अवलाेकन गर्न जानेकाे लागि उपयुक्त छ । पर्या पर्यटन, धार्मिक पर्यटन, औद्योगिक पर्यटन क्षेत्रमा अध्ययन गर्न अाउने लाइ टेवा पुग्छ । यसका अलवा रैथाने जङ्गली हात्ती, पाटे बाघ गौरी गाई तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको सहज अवलोकन तथा जंगल सफारी गर्न सकिन्छ ।

के छ निकुञ्जमा

निकुञ्जभित्र ६० देखि ६५ वटासम्म जङ्गली हात्ती छन् रहेका छन् । भने एकसिङे गैँडा, गौरी गाई , विभिन्न प्रजातिका स्तनधारी वन्यजन्तु, चराचुरुङ्गी, ३१ प्रजातिका पुतलीहरू रहेका छन् । यसका अलवा जङ्गली हात्ती, पाटे बाघ, गौरी गाई र अनेकौँ प्रजातिका चराचुरुङ्गी रहेका छन् ।

कसरी जाने

पर्सा राष्टिय निकुञ्ज काठमाडाैँ देखि नजिककाे दुरिमा पर्दछ । यहाँ जानकाे लागि काठमाडाैँकाे बल्खु बाट टाटा सुमाे लाग्ने गर्दछ । पर्यटक सहजताका लागि निकुञ्ज छेउमा इलिफेन्ट भिलेज रिसाेर्ट छ त्यहाँ  बाट जंगल सफारिका लागि गाडि उपलब्ध हुन्छ । काठमाडाैँ बाट सिमरा सम्म एयरलाइनस सिमराबाट १५ किलाेमिटरकाे टुरी गडि चढे पछि अमलेखगन्जमा जान सिकन्छ । अमलेखगन्ज पुरानाे रेल स्टेशन पनि हाे । यस ठाउँभएर प्रदेश १, २,३ तथा भारत जान सिकन्छ ।

तपाइ घुम्न जादै हुनुहुन्छ भने एक दिन पहिले 9855024510 मा सम्पर्क गरेर जादा राम्राे हुन्छ ।

Write your Comment


Related News
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • Mardi Himal Trek-The Best Short Trek in Nepal
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी