आज    |   

वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा



वर्तमान अवश्थामा वाँके जिल्लामा होटलहरुको अवस्था के कस्तो छ र भारतीय पर्यटक भित्राउन के पहल गर्नु पर्छ । भन्ने विषयमा लामो समय देखि होटल व्यवसायमा काम गदै आउनु भएका तथा होटल व्यवसायी संघ वाँके का नि वर्तमान अध्यक्ष निम बहादुर थापासंग टुरिजम न्युजले गेरेकाे कुराकानी :

वाँके जिल्लामा होटल व्यवसायको वर्तमान अवस्था कस्तो छ ?
वाँके जिल्लामा पछिल्लो समय होटल व्यवसायमा ठूलो लगानि भित्रीएको छ र ठूला सुविधा सम्पन्न स्टार लेवलका होटलहरु खुलिसकेका छन् । हाल वर्तमान अवस्थालाई हेर्ने हो भने होटल व्यवस्थापनमा लगानि अनुरुप प्रतिफल प्राप्त गर्न नसके पनि देश सुद्रिदै गएको अवश्थामा होटल व्यवसाय निराश हुनुपर्ने स्थिति छैन् । यस जिल्लामा साना ठूला गरि करिब ९ सय देखि १ हजार को हाराहारीमा होटलहरु संञ्चालनमा छन् भने प्रत्यक्ष ५ सय देखि ७ हजार सम्मलाई रोजगारी प्रदान गरेका छन् । सबै व्यवसायीहरुले राम्रा व्यवसाय गरिरहेको अवस्था छ ।

जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन कत्तिको बढ्ने गरेको पाउनुभएको छ ?
यो वाँके जिल्लाको नेपालगञ्ज शहर धेरै पुराना शहरहरुमध्येमा पर्दछ । तर अन्य विकाश उन्मस्ख शहरहरुको तुलनामा यो नेपालगञ्ज पछि परेको छ । वाँके जिल्ला आफैमा पर्यटकीय स्थल होइन यो कर्णाली प्रदेश  तथा सुदुरपश्चिम प्रदेशकोे गेट वे हो । आन्तरिक तथा वाह्य पर्यटकको रोजाई वाँके नबने पनि पछिल्लो समय भारत बाट मानसरोबर पद यात्राको लागि जाने धार्मिक पर्यटकनको ट्रानजिट पोईन्ट नेपालगन्ज बनेको छ । सिजनमा मानसरोबर जाने पर्यटकहरुलाई धान्न यहाँको स्थानिय होटलहरुलाई हम्मे हम्मे नै पर्दछ ।

होटल व्यवसायप्रति व्यवसायीको आकर्षण कस्तो छ ?
हिजोका होटल व्यवसायी र आजका होटल व्यवसायलाई हेर्ने टृष्टिकोणमा आमूल परिवर्तन भएको छ । हिजो सामान्य परिवारका व्यक्तिहरुले मात्र होटल व्यवसाय गर्ने भन्ने जो समाज आज आएर होटल व्यवसायलाई पनी व्यवसाय ढङगले बुझन थालिएको छ । पछिल्लो समय होटल व्यवसायमा सबै खाले व्यक्तित्वहरुकाे आर्कषण बढदै गएको यसको उदाहरण यस क्षेत्रमा खूल्दै गरेका होटलहरु नै हुन् ।

पर्यटकको आगमन बढाउन के गर्नु आवश्यक छ ?
नेपालको विकाश गर्ने हो भने ठूलो सम्भावना बोकेको र समाज व्यवसाय पर्यटन व्यवसाय नै हो । हाल नेपालमा पर्यटन क्षेत्रमा राज्यको जुन लगानि छ त्यो प्राप्त छैन् । यसको लगानि पनि सहि ढङगले सदुपयोग हुन सकेको छैन् । राज्यले यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको उचित संरक्षण प्रवर्दन र प्रचार प्रसार गर्न सके पर्यटन आगमन बढने कुरामा दुई मत छैन् । अब होटल व्यवसायहरु आफैले पनि उत्पात लगानी भित्राउने खालका प्याकेजहरु सहित माकेर्टिङ गर्न सके यस क्षेत्रको पर्यटन आगमन बढन सक्छ । पर्यटकको आगमन बढाउन सकिएन भने होटल व्यवसायमा जुन खालको लगानी छ प्रतिफल सोहि अनुरुप हुनेछैन् ।

भारतीय पर्यटकलाई भित्र्याउन कुनै पहल गर्नुभएको छ ?
नेपालगञ्ज भारतको उत्तर प्रदेश को नाकामा जोडिएको छ । उत्तर प्रदेशको ठूलो जनसंख्या हिन्दू धर्मावलम्वीहरुको छ । भारतबाट धार्मिक पर्यटनका साथै अन्य पर्यटकहरु भित्राउन सकिने ठूलो सम्भावना हुदा हुदै पनि यस क्षेत्रका व्यवसायीहरु र राज्यले भारतीय पर्यटक भित्राउन ठोस योजना सहित कार्य हुन सकेको छैन् । आउँदा दिनमा यो आवश्यक छ ।

Write your Comment


Related News
  • पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट (भिडियोमा हेर्नुहोस्)
  • एक पटक हेर्नै पर्ने से–फोक्सुन्डो यात्रा (भिडियो मा हेर्नुहोस्)
  • एक पटक पुग्नै पर्ने ठाउँ कालिन्चोक भगवती मन्दिर तथा जिरी
  • कति सुन्दर छ हिमालपारीको जिल्ला मुस्ताङ
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी