ताजा समाचार

आज    |   

दुई जना कर्मचारीको भरमा नेपालगन्ज अध्यागमन कार्यालय



टंक रेग्मी

सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन गतिविधि बढाउँदै गरेका बेला नेपालगन्जको जमुनहामा रहेको अध्यागमन कार्यलय दुई जना कर्मचारीको भरमा सञ्चालन भएको छ ।

तेस्रो मुलुक बाट भित्रिने प्रदेश नम्बर पाँचको जमुनहा बाँकेमा रहको अध्यागमन कार्यालय विगत देखि खरिदार र कार्यालय सहयोगीको भरमा सञ्चालन रहेको पाईएको छ । कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा तथा भाषाको समस्याको करणाले तेस्रो मुलुकबाट भित्रने पर्यटककले सास्ती भोग्नु परेको छ । कार्यालयमा ८ जना कर्मचारीको दरबन्दी भएपनि अहिले ५ जना मात्र कर्मचारी छन् तर २ जनाले मात्र कार्यालय हेरिरहेको कार्यालयका खरिदार पूर्ण बहादुर रावतले बताए ।

‘उनले भने कार्यालयमा नियमित काम हुदैन दरबन्दी भएका कर्मचारीलाई पनि जिल्ला प्रशासन कार्यलयले आफ्नो कार्यलयमा काम गर्न लगेको छ, भएका कर्मचारी घर विदामा बसेका छन् अहिले सबै काम म र कार्यालय सहयोगीले गदै आएका छौँ ‘।

‘रावले भने कार्यालयमा काम गर्न धेरै गाराे भएको छ न कर्मचारिलाई भाषा सिकाईएको छ न कुनै तालिम, तेस्रो मुलुकबाट आउने र्पटकको भिसा दिन भाषाका कारण हामीलाई निकै समस्या परेको छ । विगतका वर्षका तुलनामा पर्यटकहरु यस नाका भएर भित्रिनेको संख्या बढ्दो छ तर अध्यागम सुधारको खाचो छ ‘।

कति पर्यटक भित्रिए

यो नाका भएर नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सन् २०१८ मा यस नाका भएर तेस्रो मुलुकका ६ सय १२ पर्यटक भित्रिएका छन् भने सो नाका भएर ५ सय ८२ पर्यटक बाहिरिएका छन् । सन् २०१७ मा जमुनहा नाका हुँदै ४ सय ५० पर्यटक नेपाल भित्रिएका थिए भने ४ सय ६० पर्यटक यहाँबाट बाहिरिका थिए ।

यस्तै सन् २०१६मा ३ सय ७८ पर्यटक भित्रिएका थिए भने ३ सय ९६ बाहिरिएका थिए । सन् २०१५ मा २ सय ४३ पर्यटक भित्रिएका थिए भने २ सय ७८ पर्यटक यहाँबाट बाहिरिका थिए छन् । यो नाका भएर अमेरिका, जर्मनी, फ्रान्स, बेलायतलगायत मुलुकका पर्यटक बढी आउने गरेका छन् ।

Write your Comment


Related News
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • डोल्पो महोत्सव सफल पार्न सुर्खेतमा अन्तक्रिया
  • कंगारु होटेलका सञ्चालक फरार भन्ने गलत ‘मिडियाबाजी’ गरिएको प्रति होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनको आपत्ति
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी