आज    |   

नेपालगन्जमा कसरी चलेका छन् होटल व्यवसायहरू ?- टोप बहादुर थापा



बाँके जिल्लाको नेपालगन्ज औद्योगिक तथा व्यापारिक केन्द्र मात्र नभइ पर्यटकको लागि गेट वे पनि हो । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै  करिब ६ सय भन्दा बढी होटल व्यवसायहरू सञ्चालनमा रहेको होटल ब्याबसायी संघ बाँकेका अध्यक्ष भिम लाल कडेलले बताउँनुहुन्छ ।

भारत तथा तेस्रो मुलुक बाट आउने पर्यटकको नाका तथा धार्मिक पर्यटकको रूपमा रहेको बागेश्वरी मन्दिर दशर्न गर्न आउने पर्यटकको मुख्य नाकाको रूपमा रहेको नेपालगन्जमा अहिले तारे होटलहरू तथा विभिन्न श्रेणीका होटलहरू यस क्षेत्रमा सञ्चालनमा छन् ।

चिया पसल देखि रेष्टुरेन्ट, वार हुँदै ठूला होटलहरू सम्म सञ्चालनमा रहेको क्षेत्र भएपनि यहाँका होटलहरू पूर्वाधार, कर नीति, जनशक्ति, राज्यबाट गरिने वर्गीकरण लगायतका विभिन्न समस्याहरूबाट प्रभावित हुँदै आाएका होटल सि. एस. टि होटल एण्ड पार्टि प्यालेस प्रा.लिका सञ्चालक टोप बहादुर थापा बताउनुहुन्छ ।

होटल व्यवसायमा ३ वर्ष देखि आवद्द हुनुभएका थापा विपि चोक स्थित नेपालगन्ज मेडिकल कलेजको उत्तर गेटमा होटल सि. एस. टि. होटल एण्ड पार्टि प्यालेस प्रा.लि सञ्चालन गर्दै आउनुभएको छ । थापा भन्नुहुन्छ जोखिम मोलेर यस व्यवसायमा आएको थिए त्यतिनै फाइदा लिन नसकेको बताउनुहुन्छ । उहाँले होटल व्यवसायका समस्याहरूलार्इ यसरी औँल्याउनुभयो ।

होटल सञ्चालनमा नीतिगत समस्या

नेपालमा होटल व्यवसायलार्इ दीर्घकालिन रूपमा सञ्चालन गर्ने भन्ने बारेमा नेपाल सरकारले अहिले सम्म पनि स्पष्ट नीति बनाएको छैन यसले गर्दा व्यवसायी उत्साहित भएर आफ्नो व्यवसाय बढाउन सकेका छैनन । राज्यले व्यवसायलार्इ जुन किसिमले प्रोत्साहित गर्नुपर्ने हो, त्यो गर्न नसक्दा निजी व्यवसायीहरू मारमा परेका छन् ।

दक्ष कामदारको अभाव

होटल व्यवसायमा दक्ष कामदारको अहिले पनि अभाव रहेको छ । होटलमा आउने पाहुनाहरूको सहजताका लागि दक्ष र स्तरीय कर्मचारी तथा कामदारको अभावमा सेवा दिनु परेको छ । तथा नयाँ कामदारहरूलाइ काममा लगाउनु अहिलेको बाध्यता रहेको छ । अन्य उद्योगहरू जस्तै होटल व्यवसायमा पनि लामो समय सम्म कामदार टिकाउन नसकिने बाध्यता रहको छ । यसले होटलहरूलार्इ राम्रो तरिकाले चल्न गाह्रो परेको छ ।

भ्याटमा समस्या

नेपालगन्जमा वैधानिक रूपमा सञ्चालनमा रहेका होटलहरू चर्को मारमा परेका छन् । सोझा साझा होटलहरूलाइ मात्र  नियमित करको दायरामा ल्याउने गरिएको छ । तर वर्षै देखि कर नतिरेका होटलहरूको चेकजाँच तथा अनुगमन गर्ने र नियमित करको दायरामा ल्याउनको निम्ति राज्यको ध्यान जान नसक्दा हामी सोझा व्यवसायीहरूले सञ्चालन गरेका  होटलहरू मारमा परेका छौं ।

Write your Comment


Related News
  • होटल महासंघको अधिवेशन कर्णालीमा, १५ सय ५० प्रतिनिधि सहभागी हुने
  • भरतपुर विमानस्थल १० दिन बन्द हुने
  • होटल व्यवसायमा ब्यावसायीक एकरुपता आवश्यक : अध्यक्ष रावत
  • होटल महासंघको सर्वसम्मत नेतृत्व चयन गर्न प्रदेश तिनले बनायो ५ सदस्यीय समिति
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी