ताजा समाचार

आज    |   

पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए



पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । गृहसचिव प्रेमकुमार राईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टी हेलिकप्टर ताप्लेजुङ जाँदै गर्दा दुर्घटनामा परेको पुष्टि गरेका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर सम्पर्कविहीन भएको खबर आएको छ आफू सम्भावित दुर्घटनास्थलतर्फ लागेको  आवर टुरिजम न्युजलाइ बताएका छन् । मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाउनुभएको छ ।

एयर डाइनेस्टी हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार रहेको गृह मन्त्रालयले जनाएको छ । दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका बताइएको छ।

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी