ताजा समाचार

आज    |   

ट्रेकिङमा रम्दै ‘लालमती’



­देशी बिदेशी पर्यटकमा घुमफिर गर्ने कल्चरको विकास सँगै यस सँग सम्बन्धित संघ–सँस्थामा समेत महिलाहरु हाम फालेका छन् । हिजोसम्म घरमा चुलो–चौकामा सीमित हुने नारीहरु अचेल हर क्षेत्रमा सकृय हुँदै आएका छन् ।

पर्यटकहरुको बृद्धिसँगै उनीहरुलाई ट्रेकिङ गाइड गर्नेहरु समेत बग्रेल्ती भेटिन्छन् । सिजनमा राम्रो कमाइ हुने हुनाले पनि यसतर्फ उनीहरुको आकर्षण ह्वात्तै बढेको हो ।पर्वत, बनुङकी लालमति पुनले जीवनमा फिटिक्कै सोचिकी थिइनन्, बिदेशी पर्यटक लिएर डाँडाकाँडा र हिमालका छेउछाउ घुम्नु पर्ला भनेर । देउरालीमा होटल व्यवसाय सञ्चलन गरेर बसेकी एउटी दिदीले उनलाई महिलाहरुलाई गाइड तालिम दिने सस्था थ्री सिस्टरको बारेमा बताएकी थिइन् ।

लालमतीसँगै मिल्ने साथी तमुना पुनले एकदिन उक्त सँस्थामा लिएर गइन् । त्यहीबाट एक महिने तालिमको अन्तिम दिन उनीहरुलाई ‘फिल्ड भिजिट’ गरायो संस्थाले, पोथानासम्म । जुन सन् २०१० सालतिरको कुरा हो ।तालिम लिँदाका रमणीय क्षण खात लागेर बसेका छन् । ‘बडो इन्ट्रस्टिङ हुँदो रहेछ’ उनले सुनाइन । सबै साथीसँग घुलमिल हुँदै व्यवहारिक ज्ञान लिन पाइन्छ ।उनले थ्री सिस्टरमार्फत लामो दूरीको पदयात्रा गरेकी छन् । दुई चोटि १८ दिनसम्म । अन्नपूर्ण सर्किटमा पदयात्रा निकै रोमाञ्चकारी बनेको थियो ।

ट्रेकिङ एजेन्सीहरुले पोर्टरलाई दैनिकी साँढे एघार सय र असिस्टेन्टलाई साँढे १२ साय दिने गर्छन् । लिडरको भने २४ सयदेखि ३ हजारसम्म छ ।अचेल लेकसाइडको हिमालयन ट्रेकिङ एजेन्सीमार्फत बिदेशीलाई पदयात्रा गराउँदा उनले धेरै कुरा सिकेकी छन् । धेरै मात्रामा अष्ट्रेलियन, अमेरिकन र स्वीस पर्यटकलाई घुमाएकी छन् । एउटा समूहमा आठ देखि अठार जनासम्म हुन्छ । बिदेशीहरु हिमाल खुलेको र ढकमक्क लालीगुराँस फुलेको देख्दा मख्ख पर्छन् । प्रकृतिसँग लुटुपुटु गर्छन ।

प्रायः उनीहरु दयालु र समझदारी हुन्छन् । समान्यतः २० देखि ५५ वर्ष उमेर समूहका बढी आउने गर्छन ।पदयात्रा गर्दा दैनिक ८ घन्टासम्म हिड्छन् । समूहमा कोही छिटो त कोही मध्यम र सुस्त गतिमा हिँड्छन् । कतिपय त रोएर नै बीचमा फर्कन्छन् । त्यसैले असिस्टेन्टको धेरै आवश्यक पर्छ ।

नेपालीले कपाकप दालभात खाएको देख्दा उनीहरु छक्क मानी टुलुटुलु हेर्छन् । लामो दूरीको पदयात्रा गर्दा धेरै कुराको ख्याल पु¥याउनुपर्छ । हिड्न नसकेकालाई साथ दिनुपर्छ । टाउको दुख्दा प्रशस्त मात्रामा पानी पिउनु पर्छ । लसुनको सुप, चाउचाउको सुप पिउनुपर्छ । हाइजिनिक र क्वालिटी फुड हुनुपर्छ ।समाजशास्त्रमा स्नातकोत्तर सिध्याएकी लालमती बीचमा केही समय बोर्डिङ्ग र सरकारी स्कुलमा समेत अध्यापन गरिन् । सरकारी स्कुलमा पढाउन पाउँदा आनन्द आउने उनको अनुभूति छ ।

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी