टान पश्चिमाञ्चल क्षेत्रीय संघद्धारा पदयात्राका क्रममा निधन भएका व्यक्ति प्रति तालबाराहीमा आरती पुजा
ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान ) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पदयात्राका क्रममा निधन भएका विदेशी तथा नेपाली मजदुरहरुको स्मरणमा तालबाराहीमा आरती पुजा गरेको छ ।
टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखराको पुर्व अध्यक्ष तथा सल्लाहाकार, कार्यसमिति तथा साधारण सदस्यहरुको सहभागितामा पदयात्राका क्रममा दिवंग भएका विदेशी तथा नेपाली मजदुरहरुको स्मरणमा पोखराको लेकसाईड स्थित बाराहीघाटमा हुने दैनिक आरतीको पुजा गरेको टानका कोषाध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
साथै टान पश्चिमाञ्चल क्षेत्रिय सघं पाेखराका अध्यक्ष हरि भूजेलले पुजा समितिलाई आर्थिक सहयोग समेत गर्नुभएकाे थियाे ।