ताजा समाचार

आज    |   

गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी



नन्द–भाउजू ताल, सिमसार क्षेत्र, ऐतिहासिक बाउन्नकोटी मन्दिर, सुन्दर शान्त र हरियाली वातावरणका बाबजुत सम्भावना बोक्दा–बोक्दै ओझेलमा परेको बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह (चिमटिप) रुपन्देहीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न ७५ करोड रुपैयाँ खर्चेर ५० वर्षे गुरुयोजना बनाउन थालिएको छ । इन्जिनियर जीवन कुमार वनसहितको टोलीले तयार गरेको भिजुअलअनुसार वनको हालको संरचना तथा अवस्थालाई यथास्थितिमा प्राकृतिक स्वरुपमा राख्दै डुंगा सयर, ताल र सिमसार क्षेत्रको सौन्दर्यकरण, बाल उद्यानको थप व्यवस्थित विकास, पिकनिक स्पर्टमा आधुनिक ढाँचा, भ्यू टावर निर्माण, कलात्मक आकर्षण गेट निर्माण, साइकलिङ तथा पद मार्ग निर्माण, फुटवल खेल मैदान र कभर्डहलको निर्माण, सांस्कृतिक कार्यक्रमको लागि आवश्यक भौतिक संरचना, बास्केट बल र टेवल टेनिस पोर्ट निर्माण, योगा तथा सेमिनार हलको निर्माण, व्यवस्थित आधुनिक शैलीको गौशाला, पार्किङस्थल निर्माण, रिङरोड निर्माण, छेउछाउका बस्तीहरुलाई ग्रिन भिलेजको रुपमा परिणत गरी होमेस्टे सञ्चालनलगायतका अवधारणाहरु रहेका छन् ।

भिजुअलको दृश्यावलोकनपश्चात् नक्साङ्कनमा केही अत्यावश्कीय छुटेका कुराहरुलाई समावेश गरेर गुरुयोजना निर्माण गर्नुपर्ने वन समीतिका पदाधिकारी तथा सदस्यहरुले सुझाएका छन् । उनीहरुले शौचालय, विश्रामस्थल, मन्दिरको संरक्षण तथा प्रवद्र्धन, पार्किङको आवश्यकता र स्थिति, प्रवेश क्षेत्रको जानकारी, प्राकृतिक संरचनामो डुंगा सयरको अवस्थालाई विस्तृत रुपमा खुलाएर ताल तथा सिमसार क्षेत्रमा धार्मिक आस्थाका मठ–मन्दिर, गुम्बा, चर्च तथा मस्जिदको सम्भावना र आवश्यकतालाई पनि खुलाएर गुरुयोजनामा समावेश गर्नुपर्ने औंल्याएका छन् । (आर्थिक दैनिकबाट)

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी