सन् २०१९ को पहिलो महिनामा ९१ हजार ७९३ पर्यटक नेपाल भित्रिए
अध्यागमन विभागकाे थथ्याङ्रक अनुसार सन् २०१९ को पहिलो महिनामा ९१ हजार ७९३ पर्यटक नेपाल भित्रिएका छन् । हवाई मार्ग तथा स्थलमार्ग भएर नेपाल भ्रमण गर्न अाउने पर्यटककाे संख्या दिन प्रतिदिन बढ्दै गएकाे छ । जनवरी महिनामा मात्र हवाई मार्ग भएर ७७ हजार ३ सय र स्थलमार्ग भएर १४ हजार ४ सय ९३ जना पर्यटक नेपाल भ्रमणमा अाएका छन् । यहि थथ्याङ्रक अनुसार नेपाल घुम्म अाउनेकाे संख्या वृदि् भए सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सजिलै पुरा हुन्छ ।
कुन देशबाट कति पर्यटक नेपाल घुम्न अाए ?
भारत – १४ हजार ६ सय ५०
बंगलादेश – १ हजार ४ सय २७
पाकिस्तान – २ सय ७९
श्रीलंका – १७ हजार ४ सय ३२
चीन – १३ हजार ६ सय ८८
थाइल्याण्ड – ८ हजार ४ सय ४२
जापान -२ हजार ९ सय ४४
दक्षिण कोरिया – ६ हजार ५ सय ८४
मलेसिया – १ हजार ७२
सिंगापुर – ४ सय १०
युके – ४ हजार १ सय ३०
जर्मनी – १ हजार ५ सय ४९
फ्रान्स – १ हजार ३ सय ७५
अमेरिका – ७ हजार २८