प्रधानमन्त्री रोजगार कार्यक्रममा पर्यटन क्षेत्र , न्यूनतम १०० दिन काम दिने, नदिए निर्वाह भत्ता



सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम बुधबारबाट सुरु गरेको छ। विशेष समारोहका बिच बुधवार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । अब सरकारले बेरोजगार नागरिकलाई न्यूनतम १०० दिन रोजगारी दिनेछ। रोजगारी दिन नसके निर्वाह भत्ता दिइने भएको छ ।

सरकारले दिने रोजगारीमा पर्यटन क्षेत्र पनि परेको छ ।अब रोजगारी पाउँने व्यत्तीले पर्यटन क्षेत्रको पर्यटकीय पदमार्ग, पर्यटन मार्गको निर्माण तथा मर्मत सम्भार, होटल तथा रेष्टुरेण्ट व्यवसायको प्रर्वद्न, पर्यटन मार्गमा सेड निर्माण तथा होमस्टे लगायतका ग्रामीण पर्यटन, पर्या पर्यटन आदिमा काम गर्न पाउँने सरकारको विश्वास छ ।

पर्यटन बाहेक कुनकुन क्षेत्रमा दिइन्छ रोजगारी ?

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि पर्यटन वाहेक कृषि, सडक यातायात, उर्जा, वन तथा वातावरण, राष्ट्रिय गौरवका आयोजना, उद्योग लगायतका १३ वटा क्षेत्रमा रोजगारी दिने छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी
  • ‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’
  • पर्वतका एघार स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी
  • नेपाल पर्यटन बोर्डको सदस्यमा धमला र पौडेल नियुक्त
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी