यस्ता छन् होमस्टे एशोसिएशन नेपालको पहिलो बैठकका निर्णय



होमस्टे (घरबास) एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनले केशब बडालकाे अध्यक्षतामा २५ सदस्सीय केन्द्रिय कार्य समिति चयन गरिएकाे छ । पिप्रहर सामुदायिक हाेमस्टे ग्राम देवचुली नवलपुरमा केशब बडालकाे अध्यक्षतामा बसेकाे पिहलाे बैठकले होमस्टे (घरबास) एशोसिएसन नेपाललाइ अगाडि बढाउन महत्वपूर्णा निर्णय गरेकाे छ ।

२०७५ साल माघ १९ गते पिप्रहर सामुदायिक हाेमस्टे ग्राम देवचुली नवलपुरमा बसेको होमस्टे (घरबास) एशोसिएसन नेपालको पहिलाे बैठकले निम्न निर्णय गरेको छ ।

१. होमस्टे एशोसिएशन नेपालका संस्थापक अध्यक्ष स्व. श्यामसुन्दर श्रेष्ठको सम्मानका लागि उकृष्ट होमस्टे प्रोत्साहन पुरस्कार र स्याङ्जा सीरुबारीका स्व. क्याप्टेन रुद्रमान गुरुङ स्मृति उत्कृष्ट होमस्टे पत्रकारिता पुरस्कार प्रदान गर्ने ।

२. देशैभरका होमस्टेहरुका सुचना सम्प्रेषण, समन्य र होमस्टे प्रवद्र्धनका लागि होमस्टे सुचना केन्द्र स्थापना गर्ने ।

३. होमस्टे सम्भावना भएका स्थानहरुमा होमस्टे पवद्र्धनमा जोड दिने ।

४. देशभरमा रहेका सरकारी तथा गैरसरकारी सरोकारवाला निकायसंग सहकार्य तथा समन्नय गदै अगाडि बढ्ने ।

५. होमस्टे सम्वन्धी ऐन नियम तथा कार्यविधि निर्माण गर्दा होमस्टे एशोसिएशनको सहभागिता सुनिश्चित गर्न अनुरोध गर्ने ।

६. होमस्टे सञ्चालन भएका क्षेत्रहरुमा सुरक्षा, सुचना तथा संञ्चार र आपतकालिन आवश्यकतालाई पदपूर्ति गर्न नेपाल सरकार समक्ष अपिल गर्ने ।
७. होमस्टे क्षेत्रको पहुँच अन्तराष्ट्रिय स्तर सम्म पुर्याउने ।

८. देशभर रहेका पर्यटन संग आवद्ध संस्थाहरुको राष्ट्रिय पर्यटन सञ्जाल निर्माण गर्न पहल गर्ने ।

भिडियाे

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी
  • ‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’
  • पर्वतका एघार स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी
  • नेपाल पर्यटन बोर्डको सदस्यमा धमला र पौडेल नियुक्त
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी