सुर्खेतको पन्चपुरीमा वृहत पर्यटन साँस्कृतिक महोत्सव हुने
दिपक जैसी, सुर्खेत
पश्चिम सुर्खेतको शान कृर्षि पर्यटन सस्कृति तथा खेलकुद प्रवद्धनमा हाम्रो अभियान भन्ने मुल नाराका साथ सुर्खेतको पन्चपुरी नगरपालिकामा फाल्गुन ८ गते देखि वृहत पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएकाे छ । रेडियो डाडादरा एफएमको आयोजना र बाबियाचौर स्पोर्टस् क्लब तथ सिंगारो म्युजिक प्रा.लिको सह आयोजनामा महाेत्सव हुने जगतदल जनाला बिक ले जानकारी दिनुभयाे ।
प्रदेश राजधानी संगै जोडिएको नगरपालिका भएपनि शिक्षा, स्वास्थ्य, बिद्युत, सडक,खानेपानी,र पर्यटन क्षेत्रबाट पछाडी परेको सुर्खेतको पन्चपुरी नगरपनलिकामा सो क्षेत्रको समग्र बिकाश सम्वर्धन र प्रर्वधनका लागी महोत्सव आयोजना गरीएको रेडियो डाडादरा एफएमका स्टेशन म्यानेजर अमर कार्की जानकारी दिनु भयो ।
सुर्खेत पश्चिम क्षेत्रमाभएकाउत्पादित बस्तुहरु स्थानियकला सस्कृति खेलकुद का साथै सो क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको बिकासका लागी महोत्सवले अहम भुमिका खेल्ले कुरा समेत बताउनु भयो ।