गुमनाम दैलेखका धार्मिक तथा पर्यटकीय स्थलहरु



रणवहादुर एैरी कार्यालय प्रमुख , नेपाल खाद्य संस्थान शाखा दैलेख

मैले सवैजसो लेखहरुमा दैलेख जिल्लाका पञ्चकोशी भैरवी ,महावु शिव,नारायण स्थान, बेलासपुर,गढि,भैरब,भुतेश्वर मन्दिर ,गणेश स्थान ,भूर्तिको पन्चदेवल,दैलेख दुल्लुको कृतिखम्ब महादेव मन्दिर सधै लेख्दा अचम्म लाग्न सक्दछ । हामा्र पाठक महानुभावहरुमा तर साँच्चिकै भन्ने हो भने शक्तिपिठहरु त्यसै खडा हुन सक्दैनन शक्तिपिठ सँगै देविदेउताको जिल्लैभरि बास भएको जिल्ला र हरिद्धार,नैमि सारिण्या,जस्तै तिर्थस्थलको जिल्ला जैविक विविधताले भरिपुर्ण जिल्ला दैलेखमा रहेका अर्थाह् धार्मिक स्थल र सरकार र सरकारका निकाएबाट सानो आकारमा छुटिने बजेटले कसरी बन्दछन त धार्मिक पर्यटक स्थलको संरचना,सरकारलाई म लेखक समेतका जनता के धन्यवाद टक्याउन चाहान्छौ भने दैलेख जिल्लामा श्रीस्थानको ज्वाला उत्खनन गरी ग्यास खानी अथवा तेल खानी के रहेछ पत्ता लगाउन सम्झौता गरेको सुनीन मा आएको छ ।

सरकार त्यहाँ आफै बलेको ज्वाला मात्र नभई त्यहाँ त पन्चकोशी धार्मिक पर्यटक स्थल घोषण हुने शक्ति पिठछन । जहाँ माता शतिदेविको छाता कोटिलामा अंगपतन हुँदा कोटिला देविको नामले देवि कहलिएकी छिन । श्रीस्थानमा सिर पतन भई श्रीस्थान कहलिएकी छिन । र नाविस्थानमा नाबि पतन नाविस्थान कहलिएकी छिन । त्यहाँ पनि आफै ज्वाला बलि माता अम्बाको पुजा अर्चना हुने गर्दछ । पादुकामा लक्ष्मि माता सतिदेविको आफै उत्पन्न पाउ छन । पादुका नामले कहलिएकी छिन । र शिरको धुलो खसेको अन्तिम ठाँउमा धुलेश्वर नामले बिख्यात छिन । आमा उमा त्यहाँ पिता सिपको उत्पन्न शिवलिङ्ग र त्यहाँबाट आफै खरानी जस्तो धुलो उत्पन्न भई दर्शनार्थिहरुको इच्छाआकांक्षा मनोबान्छित फल पाउन सक्ने शक्ति पिठहरु छन सरकार ।

ज्वाला पहिचान सँगै त्यहाँ पन्चकोशी पृर्तितारणको लागी स्राद्ध गरिने पिण्डदान गर्ने गरेको पाईन्छ । सरकार भारतमा हामी मँहगो खर्च लगानी गरी तिर्थ दर्शन गर्न जानु र हामा्र देशमा रहेका धार्मिक स्थलहरुलाई धार्मिक पर्यटिकय क्ष्ँोत्र घोषण गरी पर्यटक भित्रयाई आय आर्जन गर्न नसक्नु र आधुनिक शैलिमा अर्थाह तिर्थस्थले दिएको शक्तिपिठ नजिक आर्कषक मठमन्दिरको निर्माण गर्न नसक्नु हाम्रो धर्म सनातन पनि पाश्चात्य धर्ममा पुर्ण लागी सकेको अवस्था हो त मैले बखान गर्न नसक्ने जैविक विविधताको जिल्लामा शक्तिपिठ भएकाले ठुला मन्दिर निर्माण गरि धार्मिक धर्मशाला निर्माण गरी महाबु शिव दर्शन गर्न जाने बाटोमा त्रिवेणी भन्ने ठाँउमा ठुलो धर्मशाला र अथहा जडिबुडि रहेकाले जडिबुडि प्रशोधन केन्द्र र महावु शिवलिङ्ग प्रकाट्य छन ।

ठुलो मन्दिर बनाई सादु सन्ध भित्रयाई धार्मिक पयटक स्थल घोषणा हुने हो भने जंगल भएको महावु जाने बाटो मा चिडियाखाना र गाईपालन गरि दुग्धजन्य पदार्थहरु उत्पादन गर्न सके देशले आधा देश पाल्न सक्ने धनराशि दैलेख जिल्लाबाटै प्राप्त भई समन्वत देश निमार्ण हुन सक्ने हुर्दा धार्मीक पर्यटन स्थल घोषणा गर्न हाम्रा स्थानिय,प्रदेश,संघ तिनै सरकारको ध्यान जान नितान्तै आवश्यक भैसकेको र ज्वाला उत्खनन मात्र प्रयाप्त नभई धार्मीक पर्यटन स्थल घोषण गरि ज्वाला पहिचान सँगै ठुला मन्दिर निर्माण गरि पर्यटक भित्रयाउन तिन वटै सरकारको ध्यान आर्कषणको लागी म समेतका दैलेख बासी जनता पुनपुन को लेखमार्फत यो लेख प्रस्तूत गर्न चाहान्छौ र अवस्य मेवा देशकै साझा एजेन्डा पास हुने आशामा रहन्छौ ।

तिर्थस्थल हुने ठाँउ तिर्थमा मात्र सिमित रहदैन त्यससँगै नदि औषधि जन्य पदार्थ समेत बटुलेर तिर्थ निर्माण हुदो रहेछ । अव लागौ दैलेख जिल्लाको विन्ध्यावासिनीमाई क्षेत्रपाल मोस्टो भोटेको धौखानी र गृर्जामाता बढिमालिकाको धार्मीक स्थल तर्फ यो दैलेख जिल्लाको सदरमुकाम दैलेख बाट विन्ध्यावासिनी क्षेत्रपाल मोस्टो बढिमालिका दर्शन गर्न जाँदा किमुगाँउ हुदै ,विजौरा,लोहोरे,टाटामाखु,काँडा,राइली त्रिरपानिमा तिनवटा मुल पानी फुटेको र तिन वटा प्राकृतिक पानी धारा रहेको त्यहाँ देखि पुजा गदै मह लाग्ने पानी ,नाग्ने कोइली,थुम,देखि मालिका माई थानको दर्शन अवश्य नेव हामि गर्न पाउन्छौ । यो जिल्ला सदरमुकाम देखि अन्दाजी १२ देखि १४ कि.मी को यात्रामा अवस्थित माता मालिकाको मन्दिर अवस्थित छ ।

मालिकामाताको पुजारि सवभन्दा पहिलो चन्द्र प्रसाद उपाध्याय,भवानी प्रसाद उपाध्याय र रेग्मी बाहुनहरुले पुर्जा गदै. आएका छन । खास गरी माता मालिकाको पुर्जा अर्चना श्रावण जनै पुर्णिमा को बखतको त्रयोदेशीका दिन श्रद्धालुभक्तजन जाने र चर्तुदशीमा पुजा आर्चना गरि प्रसादगहण गर्ने चलन रई आएको छ यो तिर्थस्थलमा भक्तजनहरु भगवतिमाईको भगवतीगाँउ चौराठा,पगनाथ,सवैको साझा भगवतीदेवी विन्ध्यावासिनी,नौमुले,गन्म,सल्लेरी,मेहलतोली,रुम सवै ठाँउका मान्छे जाने र दैलेख जिल्लाबासी सम्पुर्णले सहभागी हुने रितिरिवाज चलन चलिआएको छ । यो तिर्थस्थलमा मनले सोचेको एक वटा बाँचा अवश्य माताले पुयाइदिने । र दर्शन भिलासिहरु जनै पुर्णिमा साउनमा घुइचो लाग्ने भनाई छ । सुरुमा मालिका महात्मिय यसरी पुर्जा थालनी हुन गयो । मालिका स्थापित हुने ठाँउमै निसानी ढुगा गाडेको इतिहास अर्ति भई आएको छ । ५६ कोटि मालिका मध्ये एक बैनी मालिका यो मालिका थानमा पुर्जा गरिदै आएको महात्मिय रई आएको छ । जो सात पुस्ता अघिका सन्तानहरुले पुर्जा गदै आएको इतिहास अर्ति झल्किन्छ । ढोका खोली पुर्जा अर्चना जनै पुणिमा मात्र हुन्छ भने अहिले जात्रा माघ महिना र नर्व वर्षमा समेत गर्नै गरेको पाइन्छ ।

समुन्द्र सतहदेखि अन्दाजी २००० देखि२५०० मिटरमा मालिका माता अवस्थित रहेको जन भनाई छ । मातामालिका पिता शिव अर्धागिनी नै रहनु भएकाले यहाँ दुधको पुर्जा मात्र गरिन्छ । घण्ट,त्रिशुल,सुन,चाँदी आदि चढ्छन । अन्य बलि बोका दिने चलन छैन । यहाँ यो अनुपम ,मनोरम तिर्थस्थल जाँदा विचमा कलकल बगेको लोहोरे खोला छ । सो खोलामा पक्कि पुल बनाई तिर्थस्थलको मालिका माई सम्म दर्शनकोलागी जनताहरु पुल निर्माण गरि ठुलो मन्दिर बनाई धर्मशाला बनाई पर्यटक भित्र्याउन माग गर्दछन । यो मनोरम ठाँउमा जाँदा मन लोभ्याउने राइली त्रिपानीका आफै मुलपानी देखि नै पुर्जा गदै मालिका दर्शन गर्न जादाँको बाटो मा भेटिने जंगल र जंगल भित्र प्राप्त हुने बनतुलसी,घोडामर्च,चिराईतो,टिमुर,एैशेलु,भुतकेश सतुवा,गनाइनो,काफल,र रक्तचन्दन पाईने औषधिको भन्डार समेत पाइने र सो जंगलमा वाघ,भालु,चितुवा,घोरल,रतुवा,कालिन,डाँफे,जुरेली,कोईली,घुगुति,कापलपाकको चरि,कुुहुकुहु चरिको धुन गुन्जिने मनमोहक जंगल रही आएका छन । यो अहिलेको माघ महिनामा धुव्रतारा एफ.एम.का पत्रकार यमराज विष्टको संयोजकत्वमा विभिन्न सांगेतिक धार्मिक भजन कृतन देउडा बाध्यवादनका साथ तिर्थमेला मालिकामाईमा सम्पन्न भए । यो गौरवको स्थललाई मेलामा मात्र सिमित नराखि पन्चकोशी ,महावु शिव र पन्चदेवल भैरवी सँगै धार्मिक पर्यटक स्थल घोषण गरि पर्यटक भित्रयाई आधुनिक शैलीका ठुला मन्दिर बनाई धर्मशाला निर्माण गरि एसियाकै महान तिर्थस्थल घोषण गर्न ढिलोगर्न हुदैन ।

तिन वटै सरकारले दैलेख जिल्लाबासीलाई साथ दिएका यी सम्पदाहरु ओझेलमा पार्न र सिमित रकम छुट्याई व्यक्ति पोस्ने कामतिर जिल्ला देश पुरातत्वविभाग लाग्नु हुदैन । यी धार्मिक पर्यटक स्थल घोषण हुने धार्मिक स्थलहर देशकै आयआर्जन र गौरवका सक्तीपिठ चिनारी हुन । र यी देशको लागी मुटु स्पर्शी छन । भन्ने तर्फ सरकारको ध्यान जानु नितान्त आवश्यक छ । आजको रोचक विषय मालिकामाई को चुचुरोबाट अछाम ,जाजरकोट,बाके,बर्दिया,सुर्खेत,दैलेख,कालिकोट दृश्यावलोकन समेत गर्ने उचाईमा माताको वासस्थान रई आएको छ । र यो पुन्य कमाउने तिथै तिर्थले भरिपुर्ण र जवैक विविधताको जिल्ला अथाह धार्मिक पर्यटक स्थलको खानीको जिल्ला रहेकैले पुन पुन लेख्न मन लाग्छ लेख्न मात्र ले भएन सरकारहरुको ध्यान उल्लेखित संरचना तिर जानु नितान्त कुशल,समुन्नत,सबृद्धिको मुल पाटोको रुपमा ग्रहण गरिदिउन सरकारहरुले भन्दै म लेखक समेतका जनता लाग्छौ विन्ध्यावासिनी र भोेटेको धौखानी तर्फ सम्बत १९०० देखि नै विष्णुपति अधिकारीको पालादेखि नै क्षेत्रपाल मोस्टो र विन्ध्यावासिनी देविको पुर्जाअर्चना हुदै आइराखेको छ । यी देवि र क्षेत्रपाल देखिको पुर्जापनि दधकै पुर्जा गरिने गरिआएको बुझिन्छ । यहाँ कुनै किसीमको वलिप्रथा छैनन अधिकारीहरुको कुलदेव क्षेत्रपाल मस्टो र कुलदेवि विन्ध्यावासिनी देवि पुजिदै आएको बुझिन्छ र यो ठाँउमा वैशाख त्रियोदशी तिथीमा पुर्जा आचना अधिकारी थरकै ब्रहामणबाट हुने गरेको पाइन्छ । पुर्जाआजा गर्दा इच्छित वर पाइने जनविश्वास रई आएको छ । यी देवी देउता पुर्जा ठाँउमा पहिला –पहिला सर्प देखिन थालेर रयाँज (बाँझको फेदमा )पुर्जाआजा गदै गरियो सोही ठाँउमा सेलेटले छाएको सानो आकारको मन्दिर खडा हुन गयो र पुजा आजा चलिआएको यज्ञ कुण्ड क्रकटको पाताले छाएर आएको बुझिन आएको छ सोहि मन्दिरमा २०७५।६।२४ गते नवाह योग्य सम्पन्न गरेको समेत पाइन्छ ।

संयोजक टिकाराम अधिकारी ,तिर्थराज अधिकारी स परिवार समेतले यज्ञ गरे ज्ञानुप्रसाद भट्टराई,माधव तिमलसेना समेत दैलेख बासी जनता तथा भगवतीमाई गा.पा.साविक पगनाथ गा.वि.स,विन्ध्यावासिनी,पगनाथ,चौराठा,शनिगाँउ,सवैको जनसमुदायबाट भनाई आएको छ कि यो भुगोलले साथ दिएको जिल्लामा धार्मिक पर्यटक स्थल घोषण गरि नवहा,सप्ताह,यज्ञ लगाई शक्तिपिठ तिर्थस्थल भएकोले भारतको मधुवन होइन,गया प्रयाग होइन,मथुरा हैन ,केदार हैन नैमी सारण्य होइन प्राचिनकाल मै पाँच भाई पाण्डबले वनाएका पन्चदेवल यहि छन । नारायण मन्दिर यहि छन । पन्चकोशी शप्तपिठ यही छन महावुमा आफै प्रकट्य शिवलिङ्ग यही छन छिमेकिमुलुक भारतको जस्तै संरचना तयार गरि दैलेख धार्मिक पर्यटनक स्थल घोषण गरी पुन्य कमाउ,धर्म कमाउ,विचार आचार संस्कार कमाउ,धार्मिक जिल्ला संस्कारी जिल्ला चिनाउ अर्थ कमाउ यस कमाउ विविध जैविक,जंगल जल,र जडिबुडिको फलफुलको उर्जाशक्तिको जिल्ला चिनाउ के बिर्से के बिर्से बिर्से भोटेको धौखानी भगवतीमाई गाँउपालिकामा अवस्थित प्राचिन भोटेको धौखानी भन्ने गुफा रई आएको छ जो गुफा भित्र ढुङगाका विभिन्न आकृतिका मुर्ति कुदिएका छन । सो गुफापनि धर्मकाल देखि नै आफै उत्पन्न अन्दाजी २०० मि. लम्बाई रहेको बुझिन्छ । पहिला पहिला भोटे बस्ने गदर्थे आजभोली ढोका जस्तै ठुलो ढुङगा गेटमा छ ताला लगाएको अवस्था छ । भन्ने बुझिन्छ यस्ता अथा सम्पदा भएको धनि देशमा कंगालीको सुचि लेखिनु र राष्ट्र,राष्ट्रियता सनातन धर्म र कलकारखाना र संरचना बन्न नसक्नु नै न भुत हो न भविष्य त्यहि को प्राचिन प्रविधि रई रहनु हो जस्तो लाग्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी
  • ‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’
  • पर्वतका एघार स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी
  • नेपाल पर्यटन बोर्डको सदस्यमा धमला र पौडेल नियुक्त
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी