समावेसी नमुना गाँउ “कालाबाङ्ग घरेडि होमस्टे”



प्रविन तुलाचन

बढदो सहरीकरण आधुनिकता को बिकास सँगै गाँउ गाँउ बाट मानिसहरु सहर बजार तर्फ जाने क्रम बढदाे छ  । कतिपय गाँउले जीवन व्यतित गर्दै आएका मानिसहरु आफ्नो सतानलाई उच्च शिक्षा हासिल गराउने उद्देशय ले बजारमा ‌बस्न बाध्य भए । तर नेपलको अर्थ तन्त्रको मेरुदण्ड मानिने पर्यटन व्यवसायले फडको मार्न थाले पछि गाँउका मानिसहरु पर्यटन पेशा प्रति जागरुक हुँदै गएका छन।

पर्यटन को महत्व बुझन था्लेपछि गाँउको हावा, पानी, ढुङ्गा, माटो‌ प्रति मोह बढन थाल्यो। यसै क्रममा बि.सं २०७१ सालमा‌ पोखरा देखि नजिकैको डाँडा कालाबाङ्ग घरेडी होमस्टे संचालन गरिएको छ। पोखरा लेखनाथ उपमहानगरपालिका २५ मा‌ पर्ने कालाबाङ्गका स्थानियहरु पर्यटकको स्वागतमा‌ जुटेका‌ छन्।

पर्यटकीय दृष्टिले महत्वपूर्ण गाँउ कालाबाङ्गमा एक घर‌ एक धारा अन्तर्गत स्वचछ खाने पानी, शौचालय, बाटो पर्यटकीय पूर्वाधार देखि विकास निर्माणका कामहरुलाई बढि महत्व दिएका छन्। एउटा गायक नेपथ्य ब्याण्डका गायक अमृत गुरूङ्गको गाँउ भनेर चिनिने कालाबाङ्ग आज होमस्टेको लागि चर्चित बनेको छ।

ढुगाँ, माटो, काठ वाट बनेको गुरूङ्ग, बाहुन, दलितका घर चिटिकै सजिएका छन‌यस गाँउमा गुरूग,बाहुन र दलितका गरि १५६ घरधुरी छन‌ जस मध्ये १८ घरमा होमस्टे सचालन गरिएको छ । नेपाल भरिनै एउटा शन्देस दिने खाले समावेशिता १२ घर गुरूङ्ग ४ घर बाहुन र दुई घर दलित को मा होमस्टे सचालनमा छ । बस्ती भन्दा अलि माथि पुग्दा चक्र हाल्ने डाँडा बाट फेवाताल पोखरा उपत्यका र धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिम श्रखृलाहरू एक साथ देख्न सकिन्छ। यस स्थान बाट क्यामरामा मनोरम द्रष्यहरू कैद गर्न चलचित्रको सुटिङ्ग हुने गरेको छ।

चारै तिर हरियाली आँखा अगाडि टासिने हिमालले सबैको मन लोभ्याउछ। गाँउमा एउटा गुम्बा, समाजघर, शिवालय र भगवति आधारभुत विधालय रहेको छ। उक्त विधालयमा हाल ११७ जना विधार्थी पढछन, भने विधालयले आर्थिक श्रोत जुटाउन सामुहिक आर्गयानिक कफि खेती गरेको विधालयका सह प्राध्यपक जाप प्रसाद गुरूङ्ग बताउछन। होमस्टेमा पुग्ने पाहुना लाई आर्गयानिक तरकारी बन्दा, काउली, साग, लसुन, अम्बा, कागतीका साथै आर्गयानिक कफिको स्वाद पनि लिन पाइन्छ। राति स्थानिय आमा समुहले साँस्कृतिक कार्यक्रमको आयोजना गरि बाहुनको भजन, चुटका गुरूङ्ग नाचका साथै विधार्थीहरूले कलाको प्रदर्शन गर्छन।

उक्त गाँउमा एशिएन फोरनले होमस्टे सम्वन्धि तालिम दिए पछि गाँउलेहरूमा उत्साह थपिएको कालाबाड होमस्टेका उपाध्यक्ष प्रकाश गुरूङ्गले जानकारी दिए। कालाबाङ्ग होमस्टेमा गएका पाहुना लाई स्थानिय ग्रामिण जिवनशैली बुझाउन र गाँउ अवलोकन गराउन स्थानिय पर्यटनकर्मी रविन्द्र गुरूङ्ग अग्रसर हुन्छन । गाँउमा नै केहि गर्न जोश जागर बोकेर घर लाई चिटिक्कै पार्दै करेसा बारीमा विभिन्न तरकारीहरू फलाउन रविन्द्र गुरूङ्ग सधै व्यस्त हुन्छन।

कालाबाङ्ग घरेडी होमस्टेमा पुगेर आएका पाहुनाहरूको यादगार तस्बिरहरू रविन्द्र गुरूङ्गको घरको भित्तामा देख्न सकिन्छ। बेलायतका सहायक रक्षा मन्त्री, बिट्रिश राजदूत, सिडियो, एल डि ओ देखि लिएर विभिन्न पर्यटनका सघ सँस्थाहरूको बैठक पनि कालाबाड घरेडीमा भएको छ। हालै भिटोफको १३२ जना पदाधिकारीहरू होमस्टे बसेर गएको उपाध्यझ प्रकाश गुरूङ्गले भने। गाँउमा नै‌ आय आर्जनको स्रोत जुटाउन सके‌ युवाहरु विदेश जान नपर्ने‌ रविन्द्र गुरूङ्ग को भनाइ छ।

सामुहिक खेती बाख्रा तथा‌ भैँसी पालन , व्यवसायीक मौरि पालन गाँउमा नै गर्न सकिन्छ। जीवनमा एउटै गाँउमा तिन पटक जानु पर्ने गुरुङ्गको भनाइ छ। पहिलो पटक उक्त गाँउ घुम्न‌, दोस्रो पटक त्यँहाको जन जीवन वारे‌ बुझन, तेस्रो पटक जाँदा त्यँहाको मानिस हरुलाई अब हाम्रो गाँउमा आउनुहोस भनेर निम्तो गर्न रविन्द्र गुरुङ्ग आफ्नो कुरा यसरी वय्क्त गर्छन।

कालाबाङ्ग घरेडि होमस्टे कसरी पुग्ने

पोखराको बिरौटा बजार देखि छोरेपाटन हुँदै १० कि.मि सिद्दार्थ राजमार्गको स्याङजा जाने सडकमा तिल्हार बाट राजमार्ग छोडेर २ कि.मि उकालो चढे पछि कामाबाङ्ग घरेडि होमस्टे पुग्न सकिन्छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • टान पश्चिमाञ्चल क्षेत्रीय संघको सराहनीय प्रयास, खुलायो बन्द भएका पदमार्ग
  • गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी
  • ‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’
  • पर्वतका एघार स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी