ताजा समाचार

आज    |   

होटल व्यवसायी संघ बाँकेको अध्यक्षमा भीम लाल कंडेल विजयी



तिन वर्षे कार्यकालका लागि होटल व्यवसायी संघ बाँकेकाे अध्यक्षमा भीम लाल कंडेल विजयी हुनुभएकाे छ । दुई प्यानल बिच भएकाे चुनावी प्रतिस्पर्धामा कंडेलले ३५६ मत प्राप्त गरि विजयी हुनुभएकाे हाे । निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डनले १७८ पाएकी थिन् ।

विजयी हुनेहरूमा वरिष्ठ उपाध्यक्ष राम बहादुर लिम्बु २७२ मत, उपाध्यक्ष टेक नारायण सापकोटा  ३१८ मत, रंग बहादुर खड्का महासचिव ३३५ मत, सचिव प्रेम बहादुर शाह  ३३४ मत, कोषाध्यक्ष टिकाराम खनाल   ३४६ मत र सहकोषाध्यक्ष राजकुमार विक  ३२४ मतले विजयी हुनुभएकाे छ ।

यस्तै सदस्यहरुमा एकराज पाण्डे ३०९ मत, लक्ष्मीराज शाही ३४५ मत, केशव योगी २९६ मत, दुर्गा बम ३०४ मत र निर्मला देवी सेजुवाल २५९ मत छन् । कंडेलको नेतृत्वमा मैदानमा उत्रिएका सबै उम्मेदवार विजयी भएका छन् ।कुल ६ सय ६१ मत रहेको निर्वाचनमा ५ सय ७१ जनाले मतदान गरेका थिए ।

Write your Comment


Related News
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • यस्तो छ प्रदेश १ को नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्द्धन समिति
  • प्रचार प्रसारमा ध्यान दिए बर्दिया जिल्ला पर्यटकीय हब बन्न सक्छ -संजीप पौडेल
  • नेपाल घुम्न आउने पर्यटक बढे तर आम्दानी घट्यो, यस्तो छ कारण
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी