अन्तर्राष्ट्रिय पर्वतीय सग्रहालय सोह्र वर्षमा प्रवेश



प्रविन तुलाचन-पोखरा
नेपाल पर्वतारोहण सघ(एन एम ए)अन्तर्गत रातो पैहौमा अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय सग्रहालय यही माघ २२गते पन्ध्रौं वर्ष पुरा गरेर सौह्र वर्षमा गरेको छ।
बि स २०६०साल माघ २२गतेको दिन तत्कालीन प्रधानमन्त्री स्व सुर्य बहादुर थापाले उद्घाटन गरेका थिए।करौडौ रूपैया लगानीमा निर्माण गरिएको अन्तर्राष्ट्रिय पर्वतीय  सग्रहालय स्वदेशी विदेशीको आकर्षणको केन्द्र बन्दै गएको छ।संग्रहालयमा विगतको तुलनामा यस वर्ष अवलोकनकर्ताहरूको सख्यामा वृद्दि हुदै गएको सग्रहालय व्यवस्थापनले जनाएको छ।सग्रहालय भित्र विभिन्न जातजातिहरूको सॅस्कृति’भेषभुषा तथा हिमाली क्षेत्रमा बसोबास गर्नेहरूको सन्स्कार ‘भौगोलिक संरचना ‘वनस्पति’जीव जन्तु’पर्वतारोहण सम्बन्धि क्रिया कलाप प्रदर्शन गरिएको छ।
सन्सारका पर्वतहरु त्यसमा आरोहण गर्ने सहासी आरोहीहरूको गाथा तथा विभिन्न किर्तिमान उनीहरूले प्रयोग गरिएका सामग्रीहरूको सरक्षण र सम्वर्दन गरिएको छ। नेपाल तथा पर्वत सम्बन्धि विविध योगदान पुर्याउने विशिष्ट व्यक्ति स्व कुमार खडग विक्रम शाह’स्व डा हर्क गुरूङ्ग”स्व डा टोनी हेगन’स्व दावा नोर्बु शेर्पा र ईकाई कावागुची बारे वृस्तृत जानकारी ‘प्रयोग गरिएका सामग्री प्रदर्शन गरिएखो छ।
स्वदेशी पर्यटक र जिज्ञासु शोधकर्ताहरूको लागि अनुसधानको केन्द्र बनेको नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरूङ्गको भनाई छ।पोखराको पर्यटन क्षेत्रमा नया आयाम थपिएको र पोखरामा दुई दिन भएता पनि पर्यटकको बसाई लम्ब्याउन सकिन्छ’विशेष गरी युवा बिधार्थीहरुको लागि पर्वतारोहण सम्बन्धि विश्वविधालय रहेको गुरूङ्ग बताउछन।नेपाल पर्वतारोहण सघ नाफामुखी सस्था भन्दा पनि सेवामुखी सस्था भएकोले यस संस्थाले हिमाल तथा पर्वतारोहीहरूको सरक्षण’सम्मान सगै पर्वतीय क्षेत्रको विकासमा कार्य गर्दै आएको छ।
सग्रहालय भित्र रहेका विशेष सुविधा अन्तर्गत श्रव्य द्रिष्य कक्ष ‘पुस्तकालय’लखाङ्ग’सभाकक्ष’फिल्टरयुक्त खाने पानीको व्यवस्था निशुल्क छ।संग्रहालयको हातामा बाल बालिकाहरु लाई लक्षित गरी मनोरम चट्टानको बगैचा’चढ्न योग्य ३१फिट अग्लो नमुना मनास्लु हिमाल रहेको छ।
फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • टान पश्चिमाञ्चल क्षेत्रीय संघको सराहनीय प्रयास, खुलायो बन्द भएका पदमार्ग
  • गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी
  • ‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’
  • पर्वतका एघार स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी