ताजा समाचार

आज    |   

विदेशको शिक्षा नेपालमा व्यवसाय ‘अर्गानिक क्रान्तिका तीन हिरो’



नेपालमै बसेरै केहि गर्ने उद्देश्यका साथ होटल तथा रेष्टुरेन्ट व्यवसायीको भीडमा यस्ता व्यवसायीहरु पनि भेटिए जो १५ वर्षदेखि ग्राहकलाई अर्गा्निक खाना खुवाउनुपर्छ भन्दै लागिपरेका छन् । अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्टका संञ्चालक विश्व राज अधिकारी, वेदनिधि अधिकारी र पूर्ण प्रसाद अधिकारी तीन दाजुभाइ मुलुकमा अर्गा्निक क्रान्ति नै ल्याउनुपर्छ भन्दै सबैका उदाहरणका पात्र बनेका छन् ।

आजकाल होटल तथा रेष्टुरेन्टहरुमा पाइने खानामा आन्तरिक तथा वाह्य पर्यटकहरुको सर्वत्र गुनासो छ । मिठो भएन, हेल्दी भएन, बासी खाना खुवाइयो र महँगो भयो भन्ने जनभावनालाई मध्य नजर गदै अधिकारी तीन भाइले कास्की जिल्लाको माछापुच्छ्े गाउँपालिका वडा नं. ६, अस्ताममा, २५ रोपनि जग्जामा उत्पादन गरेका अर्गा्निक खानेकुरा, आफ्नै रिसोर्टमा ल्याउँछन, अनि विभिन्न परिकार बनाएर आगन्तुक पर्यटकहरुलाई खुवाउने गर्दछन् ।

यस रिसोर्टको मुख्य विशेषताको भनेको अर्गानिक खानेकुरा र शान्त वातावरणमा योगा गर्नु हो । यहाँ चिया, कफी, तरकारी, दुध, टमटर, १४ प्रकारका साग, को उत्पादन गरी प्रयोगमा ल्याइन्छ । यस रिसोर्टमा कुनै पनि चिज बेकारमा फालिदैन । रिसोर्टमा मिनरल वाटर प्रयोग हुदैन । १ लाख ५० हजार लिटरको ट्याङकीमा आकाशे पानी संकलन गरी बालुवामा फिल्टर गरिे पानी प्रयोग गर्ने गरिन्छ ।


रिसोर्टमा ढुंगा माटो र काठको प्रयोग गरी रुमहरु पुरानै तरीकÞाले बनाईएको १२ बटा कोठाहरु रहेका छन् । कÞरीब २०० जना को क्षमता रहेको बहुऊद्देसिय भबन निर्माणाधीन छ ।

गाईको दुध , गहुत लाई प्रयोग गरी बनमारा, निलोगन्धे केतुकि तितेपीति, बिभिन्न खालका स्थानिय झार पात गहुत संग कुहायर अर्गानिक बिसादी तयार गरी गरीन्छ ।

यस रिसोर्टमा ३० वर्र्ष देखि पर्यटन पेसाको अनुभब ले पनि अर्गानिक, पर्माकल्चर बिधि प्रयोग गरीएको छ । यहाँ पंछि अबलोकन , पुतलि अबलोकनका लागि बिदेशिहरु ५ दिन देखि ३ महिना संम्म बसेको रेकर्ड रहेको छ ।

संञ्चालक विश्व अधिकारी भन्नुहुन्छ ‘ हामीले नेपालमा अर्गा्निक क्रान्ति ल्याउने भन्ने अभियानमा लागेका छौँ अहिले विषाधि युक्त खानेकुराले हाम्रो शरीरलाई निकै हानी गरीरहेको छ । त्यसलाई कम गर्न हामीले प्रयास गरेका छौँ यसलाई राज्यले पनि हेरिदीएको भए अझ राम्रो हुनेथियाे’ । अर्का संञ्चालक पूर्ण प्रसाद अधिकारीले सुरुयाति चरणमा मेरो मात्र होइन देशैभरका सबै होटल, रेष्टुरेन्टले ग्राहकलाई अर्गा्निक खाना खुवाउनुपर्छ  अनि मात्र मानिसहरु हेल्दी हुन्छन् ।

आफ्नै बारीमा उत्पादन गरेका अर्गा्निक साग, तरकारी, कफी आफ्नै रिसोर्टमा ल्याउने र अनि विभिन्न परिकार बनाउने गरेकाले रिसोर्टमा आउने ग्राहकहरु सन्तुष्ट देखिने गरेको वेदनिधि अधिकारीले बताउनुभयो ।

२५ रोपनिमा तीन दाजुभाई मिलेर अर्गा्निक कृषि फार्म संचालन गरेका छन् । रिसोर्ट व्यवसायमा र्सिगापुरमा होटल म्यानेजमेट पढेर नेपालमा आउनुभएका पूर्ण प्रसाद अधिकारीले १५ वर्ष अघि फार्म संचालन गरी त्यहीबाट अर्गानिक खानेकुराहरु उत्पादन गरेर रिसोर्टमा ल्याउँछन् । तीन दाजुभाई नै आफैँ फार्ममा गएर काम गर्छन् ।

अर्गा्निक खाना खान पाइने हुदाँ आफ्नो रिसोर्टमा आन्तरिक तथा वाह्य पर्यटकहरु नियमित ग्राहक भएको विश्व अधिकारीले दाबी गरे । परिवारिक वातावरण भएकाले मानिसहरु आफ्नो रिसोर्टमा आउने अधिकारीले बताए ।

किन जाने अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट
अर्गानिक खानेकुरा, शान्त वातावरणमा योगा, अर्गानिक चिया, कफी, तरकारी, दुध, टमटर, १४ प्रकारका साग, यस रिसोर्टमा पाईन्छ । रिसोर्टमा मिनरल वाटर प्रयोग हुदैन । यहाँ १ लाख ५० हजार लिटरको ट्याङकीमा आकाशे पानी संकलन गरी बालुवामा फिल्टर गरिएको पानी कसरी प्रयोग हुन्छ भनि हेर्न सकिन्छ । यसका अलवा रिसोर्ट देखि मनास्लु, अन्नपूर्ण फुलरेञ्ज, काहुँ, अन्नपूर्ण टे«किङ रुट, अस्ताइरहेको घाम,रुपाकोट, पोखरा उपत्यका, सेती नदी, मार्दीखोला, हेम्जा, कास्कीकोेट, साराङकोट, लुम्ले, धम्पुस, ल्वाङघलेल, रिभान, लाहाचोक, पञ्चासे, तथा पर्वतका केहि भू भागहरुको सजिलै अवलोकन गर्न सकिन्छ ।

 

कसरी जाने
अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट जानको लागि पोखराको लेकसाइडबाट २१ किलोमिटर उत्तरपश्चिमको वाईकमा ३० मिनेटमा पुग्न सकिन्छ । हेम्जा सुइखेत बाट तथा मार्दीखोलाबाट १ घण्टाको पैदलयात्रा पछि पनि पुग्न सकिन्छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी