आकर्षणको केन्द्र बन्दै ‘ताङतिङ्ग होमस्टे’



प्रविन तुलाचन/पाेखरा

ग्रामीण संस्कृति र गुरुङ्ग जीवन शैली नजिक बाट बुझ्न ताङतिङ्ग सामुदायिक होमस्टे पुग्नै पर्छ । कास्की जिल्लाको मादी गाउँपालिका,१६८५ मिटर उचाईमा अवस्थित ताङतिङ्ग गाउँ स्वदेशी विदेशीको आकर्षण बन्दै गएको छ ।

ताङतिङ्ग गाउँबाट अन्नपूर्ण लमजुङ्ग हिमाल आँखा अगाडी टासिन्छ । पारि सुन्दर सिकलेस गाँउ वारि ताडतिङ्गको मितेरी सम्बन्ध जस्तै छ।सोझा र सरल स्वभाव आत्नियताले भरिएको गाउँलेहरू पाहुना पुगे पछि हुर्ककै हुन्छन । दुई सय घरधुरी रहेको ताडतिङमा गुरूङ्गको १३घरमा होमस्टे सचालन छ,भने एउटा समाज घर छ ।

हालै ताडतिङ्ग गेस्ट हाउस गुरूङ्ग होम सँचालनमा आएको छ । होमस्टेमा आउने पाहुना लाई गाउँ कै पैगी लामा महायान गुम्बामा बत्ती बाल्न लगाउछन । पाहुना लाई लोकल खाने कुरा ढिडो,लोकल कुखुराको मासु, सुकुटी, निगुरो, दुध, दहीका साथै गाँउमै उबजनी भएको आलुको परिकार खुवाँउछन ।

सहर बजार देखि नजिकै हिमालको काखमा बस्नेहरू लाई अति सुलभ दरमा ताडतिङ्ग होमस्टे रहेको छ । नेपाली पर्यटक लाई खानाको एक सय पचास र सुत्नको एक सय रूपैया लाग्छ,भने विदेशीको हकमा खानाको दुई सय र सुत्नका लागि दुई सय तोकिएको छ । आगामी दिनमा प्याकेजको व्यवस्था गरिने स्थानिय प्रकाश गुरूङ्गले जानकारी दिए । यसै गरि राति स्थानिय आमा समुह र कल्बको आयोजनामा साँस्कृतिक कार्यक्रम गरि घाटु,कृष्ण चरित्र,सौरठी लोक गितका भाकाहरू प्रदर्शन गरिन्छ।गाँउको अवलोकन गर्दा स्थानिय जन जिवनको साथै भाग्रा,कम्वल,डोको बुन्दै गरेको रमाइलो द्रष्य देख्न सकिन्छ ।

हालैमा ग्रामिण पर्यटनको विकासमा क्रियाशिल संस्था प्रदेश न ४ भिटोफले भावी कार्य योजना अन्तर्गत नया ब्राण्डको रूपमा ताडतिङ्ग,करापु डाँडा र याड्जाकोट जोडने गरि होमस्टे ट्रेल एक्सप्लोर गरेको छ । ताडतिङ्ग बाट उकालो चढे पछि करापुडाँडा(२०७७)मिटरमा पुग्न सकिन्छ । उक्त ट्रेलले पदयात्रुहरू लाई ३ दिनेको पदयात्रा सहज तुल्याएको छ । भिटोफ द्दारा आयोजना गरिएको ट्रेल मार्फत ताडतिङ्ग राष्ट्रिय एव अन्तर्ष्िट्रयस्तरमा चर्चित बनेको छ ।

भिटोफले ट्रेल एक्सप्लोर गरे पछि ताडतिङ्गमा धमाधम विदेशी पर्यटक आउन थालेको स्थानिय प्रकाश गुरूङ्गले बताए । गाउँमै बाटो पुगे पछि पर्यटकको सँख्यामा वृद्दि हुदै गएको गुरूङ्ग बताउछन । हालै नेदरल्याण्ड बाट एउटा टोलीले ताड्तिङ्गमा तिन महिना बस्न आएको र मादी गाउँ पालिकाका सातै बडाका टोल सुधार समितिको प्रशिक्षण कार्यक्रममा सहभागीहरू होमस्टेमा आएर बसेको प्रकाश गुरूङ्गले जानकारी दिए । पोखराको अमरसिह चौक बाट काहुँखोला पुगिन्छ । काहुँखोला बाट बसले दुई घण्टामा ताडतिङ्ग पुगिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी
  • ‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’
  • पर्वतका एघार स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी
  • नेपाल पर्यटन बोर्डको सदस्यमा धमला र पौडेल नियुक्त
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी