कर्णाली प्रदेश : समृद्ध अर्थतन्त्रको खम्बा ‘पर्यटन’



समृद्घ अर्थतन्त्रको खम्बा पर्यटन
कर्णाली प्रदेशको मुख्य अर्थतन्त्रको खम्बा पर्यटन उद्योग हो । पूरानो राजनीतिक संरचना पछि मुलुक संघीय संरचनामा प्रवेश गरेको छ । राजनीतिक दलले आफ्नो घोषणा पत्रमा मुलुक अर्थतन्त्रको समृद्घ खम्बाको रुपमा पर्यटनलाई अगाडि सारेका छन् । यस अघिका सरकारले पनि पर्यटन उद्योगलाई तेस्रो आर्थिक खम्बाको रूपमा राखि योजनामा समावेश गर्दै आएको छ । तर पर्यटन क्षेत्रमा उचित लगानीको अभाव र नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका अभावमा जुन रूपमा यसको अर्थतन्त्रमा योगदान हुनुपर्ने हो त्यो प्राप्त हुन सकेको छैन ।

कर्णाली प्रदेश प्राकृतिक तथा सांस्कृतिक रुपमा सम्पन्न प्रदेश भएकाले पर्यटनको उच्च सम्भावना छ । यहाँ साहसिक, धार्मिक तथा सांस्कृतिक पर्यटनदेखि कृषि, पर्यापर्यटन हुँदै जीवित संस्कृतिसँग जोडिएको पर्यटनको विकास गर्न सम्भव छ । यद्यपि अहिलेसम्म यी क्षेत्रको समग्रमा नभएर आंशिक रुपमा मात्र विकास भएको छ । कर्णाली प्रदेश पर्यटकीय प्रदेश मात्र नभएर धार्मिक पर्यटनको ठूलो तीर्थस्थल हो । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका धार्मिक पर्यटकीय क्षेत्रहरुको विकास गरी प्रदेश सरकारले लाभ लिन सक्नुपर्छ ।

भैगोलिक बनावटका कारण कर्णालीमा विश्वमा पाईने लगभग सबै प्रकारका मौसमहरु पाईन्छन् । जसले गर्दा यहाँ जैविक विविधता लगायतका प्राकतिक सम्पदा प्रशस्त मात्रामा उपलब्ध छन् । प्राचिन खस राज्य , लगायत अन्य विभिन्न स साना राज्य भएका ठाउँहरु यस प्रदेशमा पर्ने हुदा यो ऐतहासिक प्रदेश पनि हो । यस प्रदेशमा धेरै जनजातीहरुको बसोबास रहेको छ । सांस्कृतिक सम्पदा पनि यस क्षेत्र धनी रहेको छ । जैविक विविधता, प्राकृतिक सौन्र्दय, उच्च हिमश्रृङखलाहरुको अवस्थिति, ताल, नदी, झरना, धार्मिक स्थलहरु प्राचिन कला तथा संस्कति, र्सास्कृतिक सम्पदा इत्यादिका कारण यो प्रदेशले प्राकृतिक झरना तथा कृतिम (मानव निर्मित) गरी दुबै प्रकारका पर्यटनको सम्भावना बोकेको प्रदेश हो ।

जैविक विविधता तथा प्राकृतिक सौन्दर्य
कर्णाली प्रदेश जैविक विविधता तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुन्द्री सतहदेखि ८००० मिटर भन्दा बढी सम्मको उचाईमा रहेका छन् यहाँका हिमालहरु । जसले गर्दा विविध प्रकारका जलवायु भएका ठाउँहरु यस प्रदेशमा पर्दछन् । जलवायु विविधताले गर्दा यो प्रदेश प्राकृतिक तथा जैविक विविधतामा धनी छ । तराईको समथल भूमि देखि उच्च हिमाली क्षेत्रमा फैलिएको यस ठाउँमा विविध प्रकारका वन्यजन्तु तथा वनस्पति पाइन्छन् । यसले यस प्रदेशलाई जैविक विविधतामा धनी बनाउन सक्छ । यस क्षेत्रमा रहेका हिमाल, पहाड, वनजङगल, नदी, झरना, ताल आदिले प्राकृतिक सम्पदामा पनि धनि बनाउन सक्छ । नेपालमा जैविक संरक्षणका लागि १२ वटा राष्ट्रिय निकुन्ज मध्ये सय प्रदेशमा सेफोक्सुण्डो राष्ट्रिय निकुन्ज तथा रारा राष्ट्रिय निकुन्ज रहेको छ । जहाँ विविध प्रकारका वन्यजन्तु तथा वनस्पति अवलोकन गर्न सकिन्छ । यस प्रदेशमा नेपालकै सबैभन्दा ठूलो ताल रारा ताल (मुगु), सेफोक्सुण्डो ताल (डोल्पा), बराह ताल (सुर्खेत), कुपुण्डेदह (सल्यान) लगायत अन्य थुपै प्राकृतिक तालहरुको सौन्दर्यता पनि अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक स्थल तथा साँस्कृतिक सम्पदा
कर्णाली प्रदेश ऐतिहासिक स्थल तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण छ । खस भाषाको उत्पति स्तल जुम्लाको सिंजा, खस राज्यको राजधानी दैलेखको दुल्लु, खुर्खेतको काक्रेबिहार लगायतका थुप्रै ऐतिहासिक स्थलहरुको अवस्थिति तथा खस संस्कृति, थारु संस्कृति, हिमालि क्षेत्रको संस्कृति लगायतका धेरै प्रकारका जनजातीहरुको संस्कृतिले यस क्षेत्रलाई ऐतिहासिक स्थल तथा साँस्कृतिक सम्पदामा पनि धनी बनाएर यहाँको पर्यटन सम्भावनालाई थप प्रवल बनाएका छन् ।

धार्मिक पर्यटन
धार्मिक पर्यटनले पनि प्रदेश नम्बर ६ धनी प्रदेशको रुपमा रहेको छ । सुर्खेतको देउती बज्यै मन्दिर, लाटिकोइलीको शिव मन्दिर, शिद्वपाइला, गणेश चोकको शिव मन्दिर, गणेश मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, इत्रामको शिवालय, दैलेखको पञ्चकोशी तीर्थस्थल, जुम्लाको श्री चन्दननाथ मन्दिर, श्री भैरवनाथ मन्दिर, श्री दरवार मन्दिर, श्री कनकासुन्दरी मन्दिर, श्री चिमरामालिका भगवती मन्दिर, श्री शिव मन्दिर, श्री ठाकुरज्यू मन्दिर, हुम्लाको खार्पूनाथ, महादेवल मन्दिर, लवासुर माडु, भगवती माडु, कालिकोटको बडीमालिका मन्दिर, चुली मालिका मन्दिर, पुग मालिका मन्दिर, महावु शिव मन्दिर, सल्यानकको खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी मन्दिर लगायतका यस प्रदेशमा अवस्थित अन्य विधिन्न मठ मन्दिर र धार्मिक स्थलका कारण यस प्रदेशलाई धार्मिक पर्यटकीय स्थलकारुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ । हिन्दुहरुको पवित्र तीर्थस्थल मानसरोवर जाने भारतिय पर्यटकहरुलाई पनि यस प्रदेश भएर जान छोेटो पर्दछ । यस ले पनि यस प्रदेशको धार्मिक पर्यटनको संभावनालाई बढाएको छ ।

साहसिक पर्यटन
साहासिक पर्यटनको लागि कर्णाली प्रदेश ठूलो सम्भावना बोकेको प्रदेशको रुपमा रहेको छ । तराई देखि हिमालसम्मको भूअवस्थिति तथा कर्णाली र भेरी नदीहरुका कारण यस क्षेत्रलाई ¥याफ्टिङ, प्याराग्लाईडिङ, टे«किङ, र पवर्तारोहण जस्ता साहासिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने ठूलो सम्भावना रहेको छ

पर्यटन विकासका चुनौतीहरु
कर्णाली प्रदेशका पर्यटनको संभावना भएको धेरै क्षेत्रहरु रहेका छन् तर ति क्षेत्रहरुको विकासका चुनौतिहरु पनि उतिकै मात्रामा रहेका छन् । उपलब्ध हवाई यातायत सस्तो तथा मैसमका कारण विश्वसनिय नहुनु यसको चुनौतिको विषय रहेको छ । सडक यातायतको साथै अन्य पर्यटकीय पूर्वाधारहरुको विकास न्यून स्तरमा रहनु ले पनि यस क्षेत्रको पर्यटन माथि उल्कन नसक्नु हो । पर्यकटीय सम्भावना बोकेका तथा बोक्न सक्ने क्षेत्रहरुको बिकास तथा प्रचार प्रसारको कमिले यस प्रदेश पछि परेको छ । विश्वव्यापी मौसम परिवर्तन, तिब्र वनविनास तथा वातावरण प्रतिकुल विकास निर्माण कार्यले यस प्रदेशकोे प्राकृतिक सौन्दर्यता र पानिको स्रोतहरुमा हास आनु ले यस क्षेत्र पछि परेको हो । स्थानिय स्थरमा अशिक्षा तथा अज्ञानताको अवस्था व्यात र जनचेतनाको कमी, पूँजी तथा दक्ष जनशत्तिको अभाव, स्थानीय जनसमुदायहरुले स्वरोजगार श्रृजना गर्ने भन्दा परनिर्भतालाई बढि प्राथमिकता दिनु, स्थानीय समुदायमा स्थानीय स्थरको साधन स्रोतको पहिचालन गरि नयाँ कार्य गर्ने सोचको अभाव का कारणले यस प्रदेश पर्यटन विकासमा अन्य प्रदेश भन्दा पछि परेका हो । यि समस्याहरुलाई प्रदेश सरकारले छिटो भन्दा छिटो ध्यान दिएमा यो प्रदेश पर्यटकीय स्थलहरुमध्ये पहिलो पर्यटकको गन्तव्य बन्न सक्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी
  • ‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’
  • पर्वतका एघार स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी
  • नेपाल पर्यटन बोर्डको सदस्यमा धमला र पौडेल नियुक्त
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी