¥याफ्टिङमा विदेशी पर्यटकको आकर्षण बढ्दो



नेपालमा साहसिक पर्यटन प्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहण पछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ । नेपालमा ¥याफ्टिङको अथाह सम्भावना भए पनि यसको प्रवद्र्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायी बताउँछन् ।

¥याफ्टिङ व्यवसायीहका अनुसार नेपालमा ¥याफ्टिङको प्रचुर सम्भावना रहेको छ तर त्यसको सहि उपयोग गरी आवश्यक प्रसार र प्रवद्र्धन नहुँदा ¥याफ्टिङले व्यावसायिक फड्को मार्न नसकेको बताउछन् ।

यति बेला ¥याफ्टिङ व्यवसायलाई व्यवस्थित गर्ने सरकारी नीतिको अभाव र व्यवसायभित्रको विकृतिले ¥याफ्टिङको सान्दर्भिकता र साख गिर्दै गएको जस्तो देखिएको ¥याफ्टिङ व्यवसायीहरु बताउछन् । पछिल्लो समय प्रचारप्रसारको कमीले जलयात्राप्रति विदेशी आकर्षण कम छ, आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ ।

केहि दिन अघि मात्र नेसनल जियोग्राफीले गरेको अध्यनका अनुसार विश्वका उत्कृष्ट १० जलयात्रामा नेपाल १० औँ स्थानमा पर्छ । स्रोत र साधनका हिसाबले नेपाल दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य हो । नेपालको ¥याफ्टिङलाई एसियाको मुहानका रुपमा पनि लिइन्छ ।
नेपालमा ६ हजार नदीनाला छन् । त्यसमध्ये १६ वटा नदीमात्र सरकारले जलयात्राका लागि खुल्ला गरेको छ । जसमध्ये त्रिशूली, भोटेकोसी, सुनकोसी र कालीगण्डकी चल्तीका व्यावसायिक गन्तव्य हुन् ।


ठूला नदी, भू–बनोट, प्राकृतिक सुन्दरताको दृश्यावलोकन तथा सहरदेखि टाढा शान्त ठाउँमा ¥याफ्टिङ गर्न सकिने हुँदा नेपाल उत्कृष्ट मानिन्छ । यिनको मज्जा लिन एकदेखि १२ दिनसम्मका प्याकेजहरु उपलब्ध छन् ।

नदी नभएका देशहरूले ¥याफ्टिङका लागि ठूलो धनराशि खर्चेर कृत्रिम नदी बनाई ¥याफ्टिङ चलाइरहेका छन् । केही वर्षअघि मात्र दुबईमा समुद्रको पानीबाट कृत्रिम नदी बनाइएको थियो । सन् २०१२ को लण्डन ओलम्पिकमा पनि ¥याफ्टिङका लागि कृत्रिम नदी बनाइएको थियो ।
नेपालमा प्राकृतिक नदीहरुको रमणीय बहाव र आकर्षक छालसहितको लामो गन्तव्यले जल पर्यटनको आकर्षण बढाएको हो । तर कुन–कुन नदी के–के कामका लगि उपयुक्त छन् भन्ने प्राथमिकता निर्धारण नहुँदा र्या्फ्टिङ व्यवसाय अलमलिएको व्यवसायी बताउछन् .
भूकम्पपछि उठ्नै नसकेको नेपालको पर्यटन व्यवसायको क्षेत्र भनेको ¥याफ्टिङ हो । यो कहिल्यै सरकारी प्राथमिकतामा परेन । नदी अतिक्रमणले पनि झन् सङ्कट निम्त्याइदिएको छ । यसबारे उचित नीति आवश्यक छ ।”

राजधानी नजिकैका त्रिशूली, भोटेकोसी, सुनकोसी जस्ता नदीमा जलयात्रा गरी रमाउन बर्षेनी उल्लेख्य सङख्या पर्यटक पुग्छन् । त्रिशूली काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ ।
त्यहाँका टुइन्ज रक, लेडिज डिलाइट, लेन्स साइट, अपसेट र सरप्राइजजस्ता मुख्य र्यािपडले गर्दा त्रिशूलीको आकर्षण बढेको हो । पर्यटकले सबै भन्दा मजा छाल हो . यो त्रिशूली मा मात्र लिन सकिन्छ .

नेपालमा ¥याफ्टिङ लागि त्रिशूलीपछि सेती, भोटेकोसी, कालीगण्डकी, मस्र्याङ्दी, अरुण, तमोर र कर्णाली नदी महत्वपूर्ण गन्तव्य मानिन्छ । त्यसमध्ये कर्णाली सबैभन्दा लामो ९१० दिनको यात्रा मानिन्छ भने त्रिशूली सबै किसिमले सहज मानिन्छ । अर्को महत्वपूर्ण भोटेकोसी नदीलाई मानिन्छ ।


गैरकानुनी रुपमा जलयात्रा सञ्चालन हुनु, पर्यटक आफैँ आएर जलयात्रा गर्नु, जलयात्राका लागि खुल्ला गरिएका नदीहरुमा विद्युतगृह निर्माणका लागि बाँध निर्माण गरिनुुलगायतका कारण जलयात्रा चुनौतीपूर्ण बन्दै गएको व्यवसायीको बुझाइ छ ।

जलयात्राका लागि विश्वका उत्कृष्ट १० मध्ये नेपालका तीन नदी सुनकोसी, भोटेकोसी र कर्णाली आकर्षक छाल र लामो भएकाले उत्कृष्ट मानिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी
  • ‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’
  • पर्वतका एघार स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी
  • नेपाल पर्यटन बोर्डको सदस्यमा धमला र पौडेल नियुक्त
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी