ताजा समाचार

आज    |   

दुल्लु नगर प्रमुखको आँखामा दैलेखको पर्यटन विकास



दैलेख जिल्ला धार्मिक तथा सांस्कृतिक पर्यटनको उर्वर भुमीको रुपमा रहेकाे छ । यसलाइ विकास गर्न सकिने पर्याप्त सम्भावना र अवसरहरु रहेका छन । यसै सन्दर्भमा दैलेख जिल्ला दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भणडारी संग दैलेख जिलाकाे पर्यटन विकास गर्न के गर्नु पर्छ भनि अाअाेर टुरिजम न्युजका सम्पादक टंक रेग्मीले गर्नु भएकाे कुराकानीकाे सम्पादित अंश

 

पर्यटन प्रवद्र्धनमा दुल्लु नगरपालिकाको योजना
प्राकृतिक श्रोत साधनका दृष्टिले धनि दैलेख ब्याबस्थापनको कमजोर पक्षका कारण धनी दैलेखका गरिब दैलेखी भएका छौ । स्थानिय तहको निर्बाचन पछि राजनैतिक नेतृत्वको सफलता र असफलता प्राकृतिक श्रोत साधनको समुचित बितरण र उपयोगले गरिबि निवारण र रोजगारीमा टेवा पूर्याउन सकेमा दैलेखको समग्र बिकास भएको ठाँनिने छ । दैलेखको प्राचिन ऐतिहासिकता, हिन्दु र बौद्ध धार्मिक सभ्यता, नेपाली भाषाको पहिलो शिलालेख, ज्वाला सभ्यता, स्थानीय कला संस्कृतिको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र प्रचार प्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यको रुपमा दैलेखलाई विकसित गर्नु जनप्रतिनिधिको प्राथामिकताको विषय हो ।

१. सांस्कृतिक सम्पदाको प्राचुर्यताका दृष्टिकोणले दुल्लु ज्वाला सभ्यता , कर्णाली सभ्यता र सिजा सभ्यताको हिसाबले नेपालमा पहिलो स्थानमा रहेकाले नेपाल सरकारबाट यस नगर लाई सांस्कृतिक नगर घोषणा गर्ने ।

२. नेपाली भाषामा उत्कीर्ण गरिएको यस क्षेत्रको पहिलो र एउटा मात्र अभिलेख, पाल वंश र खसमल्ल साम्राज्यको वंशावली रहेको कीर्तिस्तम्भ, पश्चिम नेपालमै अन्यत्र फेला नपरेको पादुकास्थित जैनमूर्ति, सिँजा साम्राज्यकालका सबै ढुङ्गे देवलहरू, बाइसे राज्यकालका दुल्लू राज्यका भग्नावशेषहरू रहेकाले दुल्लु नगरलाई विश्व सम्पदासूचीमा संलग्न गराउने ।

४. स्कन्दपुराणको वैश्वानर ज्वाला पुराणमा उल्लेख गरिएका शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, तल्लो डुङ्गेश्वर, भैरवी, कोटीला, बालेश्वर तथा स्वामी कार्तिकेयको उच्च धार्मिक महत्व रहेकोले सो क्षेत्रको पर्यटकिय विकासका लागि वृहद् पञ्चकोशी विकास योजना तयार गर्ने साथै खानेपानी तथा सरसफाईका सार्वजनिक शौचालय र खानेपानी आयोजना सञ्चालन गरि पर्यटकिय पूर्बाधारको ब्यबस्था गर्ने ।

५. दैलेख जिल्लामा उद्गमस्थल रहेका विभिन्न ३९ वटा जातजातिहरूको उद्गमस्थल रिजु, पोखरा, दुल्लु, नेपा, बड, लम्जी, हुमेगाउ, लगाएतका ठाउको बारेमा जानकारी संकलन गरी दुल्लु नगरले विशेष प्रकाशन निकाल्ने र जातिय स्मारक निर्माणका लागि विभिन्न स्थानमा स्मारक निर्माण गरि पर्ब पर्यटनमा टेवा पु¥याउने ।

६. दुल्लुनगरमा पर्यटकहरूका लागि यातायात तथा वासस्थानको समुचित व्यवस्था द्रुत गतिमा निर्माण हुँदै गएकोले दैलेख दुल्लुको पञ्चकोशी क्षेत्रलाई नेपाल पर्यटन बोर्डको गन्तव्य सूचीमा संलग्न गराउने ।

७. हुड्के, पञ्चैबाजा, लहरै बैँसरी, डेउडा, भस्सि, मारूनी नाचजस्ता अमूर्त सांस्कृतिक सम्पदाहरू द्रुत गतिमा लोप हुँदै गएकोले सो को संरक्षण सम्वद्र्धनका लागि तत्काल तिनको सूचीकरण गरी विशेष योजनाका साथ संरक्षण सम्वद्र्धनमा पहल गर्न दुनपा ८ पौवामा सांस्कृतिक संग्राहालयको स्थापना गर्ने ।

८. दुल्लु नपा ७ मा रहेको इलाका हुलाक कार्यालय दुल्लु, सुफल विक्रम शाह, हिरा खड्का र लोक बहादुर दानीको नाममा रहेको जग्गामा नेपाली भाषाको पहिलो शिला स्तम्भ र कृर्तिखम्भ रहेकाले सो जग्गाको मुआब्जा दिई स्मारक निर्माणका लागि पुरातत्व विभाग मार्फत संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र दुल्लू नगरपालिकाको साझेदारीमा दामुकृर्ति उद्यान निर्माण गर्ने ।

९.पञ्चकोशी क्षेत्रको महत्वपूर्ण स्थान स्वामीकार्तिकेय मन्दिर सम्म जाने सडक निर्माणका लागिका लागि सितपर्ने सडक निर्माण गर्ने ।

१२. दुल्लु अस्पताललाई जनघनत्व र चापका आधारमा ५० सैयाको बनाउन आवश्यक भएकाले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र अन्य बिषयगत साझेदारी निकायमा पहल गर्ने ।

१६. दुनपा ८ को बालेश्वरमा यस वर्ष देखि सञ्चालित सहिद पूर्ण स्मृति उद्यानलाई नगरको पर्यटकीय गन्तब्यको रुपमा बिकास पगर थप ब्याबस्थित गर्ने ।

१८.दुल्लु नगरस्तरीय गुरु योजनामा निर्माण गरी कार्यक्रम अगाडी बढाउने ।

२३ दुल्लु नगरपालिकाको नगर सडक गुरु योजनामा समावेश भएको नगरको रिगरोडलाई बहुबर्षिय योजनाका माध्यमले नागरिकलाई यातायातमा सहज पहुँच बिस्तार गर्ने ।

२४ ऐतिहासिक बालेश्वर मन्दीर भूकम्प र चट्याङका कारण जिर्ण भएकाले निजि सार्बजनिक साझेदारीमा पुनर्निमाण गर्ने। ।
२६ शसस्त्र द्धन्द्धका क्रममा आगजनिका कारण पुर्ण रुपमा ध्वस्त भएको ऐतिहासिक दुल्लु दरबारको पुर्ननिमाण गरि समग्र खसहरुको ईतिहास संस्कृति र साहित्यको संरक्षण सहित खस संग्राहालयको स्थापना गर्ने ।

२७ दुल्लु क्षेत्रमा रहेको एक मात्र धार्मिक विद्यालय पञ्चकोशी वेद विद्याश्रमको भौतिक पुर्वाधार विकासका गरि सनातन धर्म संस्कृति संरक्षणमा टेवा पुर्याउने ।

२८ जिल्ला पर्यटन गुरुयोजनामा समावेश भएको पर्यटन सुचना केन्द्र दुल्लु नगरपालिकाल ८ पौवामा स्थापना गर्ने ।

३० तल्लो डँुगेश्वर दुल्लु कुसापानी सडकलाई स्तरउन्नोति गरि कालोपत्रे गर्ने ।

३१.स्थानियतहमा यूवा गतिशिलता र शारिरीक सुसङ्गठनका लागि कर्वड हल तथा खेलमैदान निर्माणा गर्ने ।

३२.दुल्लू नगरपालिका वटा नं.२ र १३ मा भ्यू टावर निर्माण गर्ने ।

३३.दुल्लू नगरपालिका ४ शान्तिबजारमा मिनि जु स्थापना गर्ने ।

३४.पर्यटन प्रवद्र्धनका लागि एक वडामा एकवटा होम स्टे संचालन गर्ने ।

३५. दुल्लू नगरपालिकाका हरेक वडामा सानो बसपार्क र नगरमा सिटि बसपार्क निर्माणा गर्ने

पर्यटन क्षेत्रको वर्तमान अवस्था
वास्तवमा दुल्लु क्षेत्रमा पर्यटनको जुन किसिमको विकास हुनुपर्ने हो सो अनुसार भएको छैन । विगतको लामो समयको द्धन्द्ध तथा संक्रमणकालले गर्दा यस क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक लगायतका विकासका विभिन्न आयामहरुको समय सापेक्ष विकास हुन नसके जस्तै पर्यटन क्षेत्रमा पनि अपेक्षित विकास हुन सकेन । धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं सामाजिक रुपमा धनी हुँदाहुँदै पनि यसको प्रचार प्रसारको अभावको कारणले गर्दा राष्ट्रिय स्तरमा यस क्षेत्रले पहिचान प्राप्त गर्न नसक्दा यस क्षेत्रले पर्यटनको क्षेत्रमा फड्को मार्न नसकेको हो । तथापी यस क्षेत्रमा आउनुहुने आन्तरिक तथा वह्य पर्यटकहरुको लागि मनोरञ्जन, शिक्षा, अन्वेषण, खोज अनुसन्धान तथा धार्मिक सांस्कृतिक तथा ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको अध्ययनको लागि प्रसस्त अवसरहरु रहेका छन् । भुगर्वविध, पुरातत्वविध, ईतिहासकार लगायत भाषाविज्ञहरुको लागि पनि यो क्षेत्र एक पटक आउनै पर्ने हेर्नै पर्ने र अनुसन्धान तथा अन्वेषण गर्नै पर्ने क्षेत्र हो भन्ने कुरा म जानकारी गराउन चाहन्छु । हामी पर्यटकीय पूर्वाधारहरुको विकास गर्दै जानेछौं तपाईहरु एकपटक अनिवार्य दुल्लु क्षेत्रमा आउनुहोस भनि म राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुलाई यसै पत्रिका मार्फत अनुरोध पनि गर्न चाहन्छु ।

पर्यटन प्रवद्र्धनमा मेरो योजना
दैलेख जिल्लाको दुल्लुमा अवस्थित यो परम् पावन वैश्वानर धाममध्ये धुलेश्वर धामलाई केन्द्र मानेर त्यसैको पूर्वमा ५ कोश, पश्चिममा ५ कोश, उत्तरमा ५ कोश र दक्षिणमा ५ कोश गरी जम्मा २० कोशको क्षेत्र नै पञ्चकोशी क्षेत्र हो । यसको परिक्रामा गर्ने वैदिक विधि छ । पुण्य प्राप्ति र पाप निवारणका लागि ५ दिवसीय परिक्रामा, देव प्रतिष्ठा, देव दर्शन र दिव्य शक्ति प्राप्तिका लागि ९ या ११ दिने परिक्रामा, असाध्य शारीरिक र मानसिक रोग निवारण र ज्ञान वा मोक्ष प्राप्तिका लागि १५ दिवसीय परिव्रmमा, कुल वंशको सुधारका र पितृ उद्धारका लागि २१ वा २५ दिवसीय परिव्रmमा, जगत् कल्याण, राष्ट्र कल्याण र आत्म कल्याणका लागि ३१ दिवसीय परिव्रmमा गर्ने विधान छ ।

पहिलो ५ दिवसीय परिक्रामा सिद्धेश्वर धामबाट प्रारम्भ हुन्छ । पहिलो दिनमा सिद्धेश्वर धाममा नै बास बसी क्षौर स्नान, गोदान आदि कर्म गरी एक भक्त रही दोस्रो दिनको परिक्रामा गर्ने सङ्कल्पका साथ त्रिवेणीमा स्नान गर्नुपर्दछ । स्नानपछि अग्नि स्थापनको विधिले हवन गरी श्री दुग्धेश्वर शिवलिङ्गमा गाईको दुधद्वारा अभिषेक गर्ने, पूजन गर्ने र कम्तिमा पनि एक जना ब्राह्मणलाई भोजना गराई महाकालको दर्शन पूजन सम्पन्न गरी स्वामी कार्तिकको तपस्थली (लामादुवाला) पुग्नुपर्दछ । दोस्रो दिन कर्णाली र भैरवीको संगममा स्नान गरी स्वामी कार्तिकको दर्शन, पूजन, हवन र ब्राह्मण भोजन गरी योनीगुफा, गर्भगुफाको दर्शन गरी भोजन गर्नुपर्दछ । त्यसै दिन साझमा श्री हरिहर क्षेत्र चरण पादुकामा दर्शन पूजन गरी भैरवी स्नान पूर्वक श्रीहंश ज्वालाको दर्शन हवन एवं भोजनादि कार्य गरी साङ्यकालमा बास बस्न वशुधारा निकट (भैरवीकुण्ड) पुग्नुपर्दछ ।

तेस्रो दिनको परिव्रmमाको आरम्भ भैरवी कुण्ड स्नान, शिवशिवाको पूजा र ब्राह्मण भोजन र शिखर मालिकाको दर्शन गर्दै वाण गंगा–ब्रह्मकुण्ड–विष्णुकुण्ड र रुद्रकुण्डको जल अभिषेक गरी श्री धुलेश्वर धाममा पुगी विश्राम गर्नुपर्दछ । चौथो दिनमा ब्र्रह्मकुण्ड स्नान गरी श्री धुलेश्वरमा पूजन, हवन, अभिषेक, व्राह्मण भोजन र यथाशक्ति सुवर्ण दान गरी भोजनोपरान्त शिवलिङ्गी उध्र्वमुखी गंगा, दुर्लभ गुफा, श्वेतरेणे पर्वत, सती पिपल, ऋण मोचिनी, पाप मोचिनी आदिको दर्शन पूजन गर्दै नाभीस्थानमा आई बास बस्नुपर्दछ ।
पाचौँ दिनमा रसायन कुण्ड स्नान र रसायनपान गरी इन्द्रीय ज्वाला नाभीज्वालाको दर्शन पूजन र तील होम, ब्राह्मण भोजन गराई भृगुतुंग आदि केदार क्षेत्रको दर्शन गर्दै श्री कालाग्नि रुद्र, चक्षुज्वाला, नासाज्वाला र बढीज्वालाको दर्शन पूजन, सुवर्णदान र भोजन पश्चात् ललाट ज्वाला र दक्षिण ज्वालाको दर्शन पूजन गरी कोटेश्वरमा पुगी त्यसै दिन ध्वजा रोपन, हवन अभिषेक र दान गरी यात्रा सम्पन्न गर्नुपर्दछ ।

एवं प्रकारले देव प्रतिष्ठाका लागि देव दर्शन र दिव्य शक्ति प्राप्त गर्नका लागि ९ वा ११ दिवसीय पञ्चकोशी परिव्रmमाको विधान छ । यो यात्रामा श्री वाणगंगा स्नानपूर्वक धुलेश्वर धाममा बास बसी यात्राको आरम्भ गर्नुपर्दछ । पछिल्लो दिन प्रातः ब्रह्मकुण्डमा स्नान गरी शिव पूजन हवन रुद्राभिषेक ब्राह्मण भोजन, गरी भैरवीमा पुग्नुपर्दछ । दोस्रो दिन भैरवी कुण्ड बसुधारा स्नान शिव गौरी पूजन हवन, भोजन दान, गरी श्री शैल मालिकाको दर्शन गर्दै पूजन शिवलिङ्गमा आई सिद्धासनको दर्शन गर्दै बास बस्नुपर्दछ । तेस्रो दिन पाताल गंगा स्नान गरी क्षेत्रपालको दर्शन पूजन गर्दै क्षिरगंगा (कोइराला गाउँको शिरानमा गल्ला पानी भन्ने स्थानमा छ) मा स्नान गरी शिवपूजन र भोजनको कार्य समापन गरी ब्रह्मकुण्ड, सती पीपल, श्वेतरेणु पर्वत, ऋणमोक्ष, पाप मोचिनी रसायन कुण्ड इन्द्रीय ज्वालाको दर्शन गरी नाभीस्थानमा बास बस्नुपर्दछ । चौथो दिन रुद्र गंगामा स्नान र रसायन कुण्डमा मार्जन गरी प्रथम इन्द्रीय ज्वालाको दर्शन पूजन गरी अनि नाभीज्वालाको पूजन र घृत तील हवन गरेर प्रेत शिला, मोक्ष शिला पूजापछि गणेशको पूजा र दर्शन गर्ने परम्परा रहेको छ । यहाँ ब्राह्मण भोजन, सुन दान र भण्डाराको ठूलो महिमा रहेको छ । यी कार्य सम्पन्न गरेपछि आफूले भोजन गरी भृगुतंग र आदि केदारको दर्शन गर्नुपर्दछ । त्यो दिन नाभीस्थानमा नै बास बस्नुपर्ने विधान छ । पाचौँ दिनमा रसायन कुण्डमा स्नान र विधिपूर्वक रसायन पान गरी पूनः ज्वालाजीको दर्शन पूजन र तीलको हवन गरी त्यहाँबाट दक्षिणतर्फ रहेको रुद्रावती नदीको किनारामा अवस्थित शिवकुण्ड, ब्रह्मकुण्ड, अग्नि कुण्डको दर्शन गर्दै कालाग्नी, रुद्र र नासा ज्वालाको दशर््ान गरी त्यही बास बस्नुपर्ने हुन्छ ।

छैटौंँ दिनमा रुद्रावती र पद्मावतीको संगममा स्नान गरी स्वर्णभूमि मोक्षशिलाको दर्शन पूजन गरी शिर ज्वाला (बडी ज्वाला) को दर्शन, पूजन, गाईको घिउ मिश्रित तीलको हवन, रुद्राभिषेक, सप्तसती चण्डी पाठ ब्राह्मण भोजन, साधु सन्तहरूलाई भण्डारा दिएर यजमानले भोजन गरी रात्रीमा त्यही विश्राम गर्ने । सातौँ दिनको कर्ममा त्रिवेणीमा जाने स्नान गरी कालाग्नि रुद्रमा जौ तिलको हवन र ललाट ज्वाला र चक्षु ज्वालाको दर्शन गर्ने विधि छ । सिद्धाचललाई दक्षिणावर्त पारी कोटेश्वर शिवालयमा बास बस्न जानुपर्दछ । आठौँ दिनमा सिद्धगंगा र पद्मावतीको संगममा स्नान गरी कोटेश्वरको अर्ध परिव्रmमा गरी कोटिलिंगमा सेतो, रातो र पहेलो ध्वजा अर्पण गर्ने तत्पश्चात् शिवलिङ्गलाई पञ्चामृत स्नान गराई पूजन गरी अभिषेक गर्ने ब्रह्मणहरूलाई भोजन दक्षिणा, दान आदि सबै कार्य समापन गरी माधव पर्वतको दर्शन गर्ने मालती गंगालाई दाहिना पारी पद्मावती र इन्द्रावतीको संगममा (चुप्रा) आई जलाभिषेक गरी काल भैरवको टाढैबाट दर्शन पूजन गरी श्री दुग्धेश्वर (माथिल्लो डुङ्गेश्वर) मा बास बस्नुपर्दछ ।

नवौँ दिनमा पद्मावती र वरुणा नदीको संगमा स्नान गरी डुङ्गेश्वरको दर्शन, दान, पूजन, भोजनादि कार्य गरेर श्रीसिद्धेश्वर धाममा जानुपर्दछ । सिद्धेश्वरको (तल्लो डुङगेश्वर) को दर्शन पूजन गरी त्यो दिन त्यही स्थानमा बास बस्ने गर्नुपर्दछ । दशाँै दिन त्रिवेणी स्नान, गर्भगुफा दर्शन गरी चरण पादुकामा आएर बस्नु पर्दछ । एघारौँ दिनमा हरिहरको हंशज्वाला दर्शन ब्राह्मण भोजन हवन आदि गरी धौम्याश्रम पुगी दर्शन पूजन र हवन गरी वालवीर हनुमान र नरसिंहको दर्शन पूजनपछि सिद्धाचल समिपमा धर्मगद्धिमा आई बास बस्ने गर्नुपर्दछ । यस यात्रामा विकल्पका रूपमा शिवलिङ्ग (भैरवी) र डुङ्गेश्वर (माथिल्लो) बास नबसी नौ दिनमा नै यात्रा सम्पन्न गर्न सकिन्छ ।

पञ्चकोशीको १५ दिने परिव्रmममा भैरवीबाट प्रारम्भ हुन्छ । यसलाई संक्षिप्तमा उल्लेख गर्न सान्दर्भिक हुने भएकाले अरु विधान यथावत् नै हुने भएकाले मुख्य स्थलको सामान्य नाम उल्लेख गरिएको छ ः (भैरवी, शैलागम पर्वत (चगत्रा), श्री धुलेश्वर, नाभीस्थान, शिरस्थान, कोटिला, रुद्रावती, इन्द्रावती संगम, दुग्धेश्वर, सिद्धेश्वर, स्वामी कार्तिक, श्री हरिहर क्षेत्र, धौम्याश्रम, माधव पर्वत, धुलेश्वर १५ दिनमा पूरा हुन्छ ।

यस्तै प्रकारले २१ दिने परिव्रmमको विधानअनुसार धर्मगद्धि, वारातडी, श्री मालती गंगा मालिका, धुलेश्वर, शिवलिङिगी, भैरवी, क्षेत्रपाल भूमि (रावतकोट), ऋण मोचिनी, इन्द्रीय ज्वाला, कालाग्नि रुद्र, बडी ज्वाला, ललाट चक्षु नासा ज्वाला, कोटेश्वर, त्रिवेणी संगम (चुप्रा), डुङ्गेश्वर, स्वामी कार्तिक, श्री चरण पादुका, धौम्याधाम, धुलेश्वर, धर्म गद्धि, सिद्धस्थली । यस यात्रामा ४८ वटा श्राद्ध भूमिहरू पर्दछन् । जसमा विधिवत् पिण्डदान गर्नुपर्दछ । यस यात्रामा पुनः भैरवीमा पुगी तीर्थभोज दिनुपर्दछ । देवपूजन हवन आदि गरी साङ्गता गर्ने परम्परा पनि रहेको छ ।

३१ दिवसीय पञ्चकोशी यात्रा भने धुलेश्वरबाट प्रारम्भ भई धुलेश्वरमा नै समापन गरिन्छ । यस यात्रामा दैनिक हवन, पूजन, ब्राह्मण भोजन, पाठ, पारायण, वैश्वानर पुराण श्रवण गर्नु पर्दछ । यसको सबै विधान यहाँ उल्लेख गर्न सम्भव नभएकाले यस यात्रामा संलग्न हुन इच्छुक व्यक्तिले वैश्वानर पुराणको अध्ययनबाट स्वयम् जानकारी लिन वा पञ्चकोशीको विधानका बारेमा जानकारी भएका यस क्षेत्रका ब्राह्मणहरूबाट आवश्यक जानकारी लिन सकिने छ ।

मथिका स्थानसँगै ब्रह्मकपाली, बाणगंगा, धौम्याश्रम, काल भैरव, विनायक स्थान, पातालगंगा (भम्यामूल), जगन्नाथ महबै (डाँडीमाडी), क्षेत्रपाल स्थान (रावतकोट), पाप मोचिनी, शिखर मालिका (खम्बगाडे), त्रिपुष्कर (भिरखेत) समेतका स्थानहरू पनि निवास एवं अनुष्ठेय भूमिकाका रूपमा रहेका छन् । १. पञ्चकोशी क्षेत्रको भ्रमण लागि पदमार्ग निर्माणका गर्ने ।

अन्त्यमा …
अहिलेको विकसित अमेरिका पत्ता लाग्दै गर्दा दैलेखमा नागरिकहरु राजसी खान्दानका थिए । बेलासपुर र दुल्लू गरि दुईवटा छुट्टा छुट्टै राज्य चलेका थिए । विकास प्रक्रिया व्यवस्थित थियो । यहाँका नागरिकहरुले छुट्टै राज्यको अनुभूति गरेका थिए । तर त्यो समयको दैलेख र अहिलको दैलेखमा फरक छ । विभिन्न प्रकारका प्राचिन महत्वका इतिहास बोकेको दैलेख ऐतिहासिकतामा मात्र सिमित छ । त्यसको पूर्नजीवन दिनु आजको आवश्यकता हो । फेरी मैले संधै भन्ने गरेको छु, अहिलेका जनप्रतिधिहरुले व्यवस्थित र दिगो विकासको माध्यामवाट दैलेखमा नागरिकहरुलाई समृद्ध र बिकासिल भएकोे अनुभूति हुने गरी दैलेख बनाउनु पर्ने जनप्रतिनिधि दाईत्व हो । । त्यसका लागि सवै भन्दा पहिला दैलेखको ऐतिहासिकता संरक्षण गर्नु पर्ने हुन्छ । दैलेखमा रहेका अधिकाँस धार्मिक संरचनाहरुमा बौद्ध र हिन्दु धर्मका प्रतिकहरुको समिश्रण रहेको छ, दैलेखमा रहेको नेपाली भाषाको पहिलो शिलालेख, प्राचिन सिंजा सामराज्यको सितकालित राजधानी, ज्वाला सभ्यता, दुल्लू क्षेत्रमा रहेका मुर्त तथा अमुर्त धार्मिक सम्पदा लगायतका धार्मिक, सांस्कृति सम्पदाहरुको जर्गेना, प्रचारप्रसार गर्नु जनप्रतिनिधिको प्रथम दायित्व हुने छ भने दोस्रो तर्फ भौतिक विकासमा वामे सर्दै गरेको दैलेखलाई दिगो शहरी पूर्वाधारका संरचनाहरु व्यवस्थित सडक, वस्ती विकास, खानेपानी, विद्युत, माध्यामिक तथा आधारभुत विद्यालयको व्यवस्थापन, कृषि क्याम्पसको स्थापना, अस्पतालको स्तरउन्नती र पूर्वाधार निर्माण, पञ्चकाशी पोलिटेक्निक इन्स्ट्यिूटको स्थापना, प्रदेशस्तरी खेल मैदान निर्माण, प्रदेशस्तरी चिस्यान केन्द्र स्थापना, कृषिमा व्यावसायीकरणका लागि कृषि पकेट क्षेत्र निर्माण, दैलेखलाई पर्यटकीय गन्तव्य बनाउनका लागि पर्यटन पूर्वाधारका संरचना निर्माण आदिका माध्यामवाट दैलेखको व्यवस्थित विकास र समृद्धिमा टेवा पुग्ने देखिन्छ । सो को निर्माण तथा व्यवस्थापनका लागि विभिन्न सरकारी तथा गैर सरकारी विकास साझेदार निकाय, नेपाल सरकारका विषयगत निकाय संग पहल गर्नुपर्ने छ ।

दैलेखले एक पटकको विकसित इतिहासको विरासत बोकेको छ । अहिलेका पुस्ताको कर्तव्य भनेकै त्यसलाई पूर्नजीवित गर्नु हो । समग्र दैलेखवासी नागरिकको चाहाना भनेकै ऐतिहासिकताको चगटीमा वसेर व्यवस्थित विकासका लागि आधुनिकताको आँचल ओढेको समृद्ध दैलेख देख्नु हो । त्यसको लागि यहाँका नागरिकको दैलेख वनाउनका लागि देखिएको तिव्र इच्छा शक्ति पहिलो आधार र विश्वास हो । जव जनतालाई विकास प्रति तिव्र इच्छा र चाहाना हुन्छ तव जनताले आधारभुत आवश्यकताको पहिचान गरी योजना छनौट गर्ने गर्दछन् ।

उनीहरुले वास्तविक समस्याको पहिचान गरेका हन्छन्, त्यहाँ जनताको सहयोग, अपनत्व र प्रत्यक्ष निगरानीमा विकास निर्माणका संरचना तयार भएका हुन्छन् र त्यस्ता योजना दिगो र व्यवस्थित पनि हुन्छन् । जनताको विकास प्रतिको त्यो अभिलाषा र इच्छा शक्ति नबनिर्बाचित जनप्रतिनिचिले महशुस गर्नु पर्दछ । जव जनताले विकासलाई आत्मै देखि माया गर्दछन त्यहाँ लगानी जुटाउन सजिलो हुन्छ । रह्यो व्यवस्थित र समृद्ध दैलेख निर्माणका आधारका क्षेत्रहरु, ति क्षेत्रहरु भनेकै यहाँको प्राकृतिक श्रोतसाधन, जनशक्ति, सार्वजनिक तथा नीजि विकास साझेदार निकाय, नेपाल सरकारका विषयगत निकाय, स्थानीय निकायको आन्तरिक आम्दानी, कृषि उत्पादकत्वको निकासी पैठारी जस्ता विकाससंग आर्थिक व्यवस्थापन गर्न सक्ने सूचकहरु नै विकासका आधारहरु हुन ।
आधारभुत विकासको शुरुवाती नै अभावबाट हुन्छ । त्यो अभाव जव जनताको साझा महत्वको विषय हुन्छ तव मात्र योजनाको आवश्यकता पहिचान भई कार्यान्वयन तहमा पुग्छ र अनि मात्र जनतालाई विकासको प्रतिफलको पूर्ण उपभोग गर्ने वातावरणको सृजना हुन्छ र विकास प्रति नागरिकको पूर्ण उत्तरदायित्वको कायम हुन्छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी