प्राकृतिक सौन्दर्यको अनुपम उदाहरण घोडाघोडी ताल



नेपालको पाँच विकास क्षेत्र तथा साबिकको प्रदेश नं ७ मा पर्ने सुदुर पश्चिमाञ्चल विकास क्षेत्र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । प्राकृतिक, साँस्कृतिक, पुराताŒिवक, ऐतिहासिक तथा धार्मिकसम्पदाहरु लागायत कला, संस्कृति विविध रीतिरिवाज, भेषभूषा तथा धर्म र रहनसहनले सम्पन्न रहेता पनि राज्यको यथोचित ध्यानदृष्टिको दरिद्रताका कारण अपेक्षाकृत रुपमा यो क्षेत्रले विकासको मूलप्रवाहमा वहन सकेको छैन् । आन्तरिक तथा वाह्य पर्यटकीय क्षेत्र विकासका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको यो क्षेत्र राज्यले प्रदान गरेका सुविधाहरुको न्यूनतम उपभोगको अवसरबाट बञ्चि जस्तै देखिएको छ । यस क्षेत्रमा पर्यटकलाइ आर्कषित गर्ने जोखर ताल, मानसरोवर ताल, झिलमिला ताल, घोडाघोडी ताल जस्ता विभिन्न ताल तलौया, नदीनाला, झरना तथा हिमाल लगायत वन्यसम्पदाहरुको अवलोकन गर्न सकिन्छ ।

घोडाघाडी ताललाई धार्मिक तालका रुपमा पनि हेरिन्छ । थारु समुदायले यस ताललाई आफ्नो कुल देवताको रुपमा पूजा गदै आएका छन् । उनीहरुले यस ताललाई घोडाघोडी भगवानको जोडीको रुपमा सत्ययुगमा रहेकाले पूजा गर्ने गर्दछन् । हरेक माघे सङ्क्रान्तिका दिन यस तालमा ठूलो मेला समेत लाग्ने गर्दछ । कैलाली जिल्लामा रहेको यस तालमा मेला हेर्न आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिती हुने गर्दछ । जिल्ला तथा जिल्ला बाहिरका धर्मावलम्वीहरु आएर स्नान गर्नेदेखि पूजाआजा गर्ने गर्दछन् । यसका अलवा यस ताल हेर्नको लागि विभिन्न जिल्लाका ंशौक्षिक संस्थाहरुका विद्याथीहरु धुम्न तथा अध्ययनको लागि आउने गरेका छन् । स्थानीय देखि छिमेकी जिल्लाका अनगन्तुकहरु घोडाघोडी आएर बनभोज खाने र तस्विर खिची लैजाने गर्दछन् ।

घोडाघोडी ताल कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने प्रसिद्ध ताल हो । कैलाली जिल्लाको सदरमुकाम धनगढीबाट करिब ६० किलोमिटर पूर्वमा रहेको यो ताल पूर्व पश्चिम राजमार्गको उत्तरतर्फका दरख, रामशिखरझला र साँढिपानी गाउँसंग जोडिएको छ । करिब दुईहजार पाँचसय त्रिसठ्ठी हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल जैविक विविधताले भरिपूर्ण रहेको छ । समुन्द्री सतहदेखि २०५ मिटरमा रहेको यो ताल नेपालका नौवटा तालहरुमध्येकै एउटा मानिन्छ । यातायतको जति सुविधा बढेको छ त्यति नै सय तालको पर्यटनका लागि आकर्षण बनेको छ । यस तालको सरकारी तथा गैरसरकारी संस्थाहरुले संरक्षण गरेपनि यस तालको सोचे जस्तो उपलब्धि भने हुन सकेको छैन । नेपाल सरकारले यस ताललाई सन् २०३ अगष्ट १३ मा विश्व रामसार सुचिमा एसियाकै सबैभन्दा ठूलो रामसार क्षेत्रको रुपमा सूचिकृत गरेको छ । पोखराको फेवा, जुम्लाको रारा, जस्तै यस तालको प्रचार प्रसारको कमिले यस तालमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको सोचे जस्तो आगमन हुन सकेको छैन् । आन्तरिक तथा वाह्य पर्यटकको प्रचुर सम्भावना बोकेको घोडाघोडी ताल जैविक विविधताका हिसावले झनै महत्वपूर्ण रहेको छ । विश्व रामसार सूचीमा सूचीकृत यस ताल तथा तालवरिपरिको जंगल क्षेत्रमा पानीहाँस, कछुवा, मकर गोही, सारस, रातोकछुवा १४० प्रजातिका चराचुरुङ्गी, १० प्रजातिका सर्प, १४८ प्रजातिका माछा, २०४४ प्रजातिका वनस्पतिहरु,२५० प्रजातिका औषधिजन्य जडीबुटीहरु, ३१ प्रजातिका पुतली तथा ३२ प्रजातिका घ्रिसने जीवहरु पाईने कुरा विभिन्न तथ्याङ्कहरुमा उल्लेख गरिएको छ । समुन्द्री सतहदेखी २०५ मिटर उँचाईमा रहेको घोडाघोडी तालमा विभिन्न २० वटा सहायक तालहरु समेत रहेका छन् ।

पछिल्लो समय यस तालको अतिक्रमण, खुल्ला राजमार्ग, बसोबास, भूक्षय, प्राकृतिक स्रोतहरु सुक्दै जानुले तालको अस्तित्व सङ्कटमा पदै गएको छ । यस तालबाट खेतबारीको सिँचाइको लागि पानिको प्रयोग गर्ने, माछा मार्ने तथा वन्यजीवजन्तुहरुको चोरी शिकारीका कारणले पनि यस तालले आफ्नो सौन्दर्य र विविधतालाई गुमाउदै गएको छ । यसले धार्मिक, पर्यटकीय र वातावरणीय क्षेत्रको अस्तित्व गुम्ने खतरा बडेर जान्छ । यातायतको सुगमताका कारण घोडाघोडी ताल क्षेत्रले पर्यटकीय विकासमा राज्यलाई ठूलो सघाउ प¥याउन सक्ने सम्भावना बोकेको भएता पनि सदियौँदेखि राज्यको उदासीनताको शिकार हुँदै आएको छ । राज्यले पर्यटन प्रवद्र्धनमा यस क्षेत्रलाई महत्वआकांक्षामा राखी यसको प्रचार प्रसार गर्न सके आन्तरिक तथा वाह्य पर्यटक बाट यस क्षेत्रले राम्रो आर्थिक उन्नति गर्न सक्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • पर्यटनको गन्तब्य इलाम
  • पर्यटनको सम्भावना बोकेको प्रदेश दुई
  • ‘साहसिक पर्यटन ’ प्रदेश नम्बर एक
  • पर्यटन विकासको सम्भावना र अवसरहरु : प्रदेश नम्बर ५
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी