महाकाली नदिमा पहिलोपटक र्‍याफ्टिङ परिक्षण



नेपाल र भारतको सिमाना रहेकाे महाकाली नदिमा पहिलोपटक राफ्टिङकाे परिक्षण गरिएकाे छ । नेपालको ईतिहासमै पहिलोपटक नेपाली कम्पनी कर्णाली राफ्टिङ एन्ड एड्भेन्चर प्रालीले नेपाल र भारत को सिमानामा रहेकाे महाकाली नदिमा राफ्टिङकाे सफल परिक्षण गरेकाे छ ।

भिम दत्त नगरपालिकाकाे आयोजना र सहकार्यमा पुर्व उद्योग मन्त्री कर्ण थापा ,सुदुर पश्चिम प्रदेशको बन, बाताबरण तथा तथा पर्यटन राज्य मन्त्री प्रकाश रावल, कंचनपुर को भिम दत्त नगरपालिका का मेयर सुरेन्द्र बिस्ट साथै उपमेयर सुशीला चन्द , जिल्ला स्थित जन पथ तथा सशस्त्र प्रहरीका प्रमुख, जिल्ल स्थित पत्रकार हरु लगायत सयौंको उपस्थितिमा महाकाली नदिमा राफ्टिङकाे सफल परिक्षण गरिएकाे कर्णाली राफ्टिङ एन्ड एड्भेन्चर प्रालीका संञ्चालक देवराज जैशीले बताउनुभयाे ।

उक्त राफ्टिङकाे परिक्षण कार्यक्रममा भारतका राफ्टिङ संचालन गर्ने लाईफ ईज एड्भेन्चर संचालक मनि बाबाको उपस्तिथि समेत थियोे । उनले नेपालले पनि सिमा नदिमा राफ्टिङ सन्चालन गर्दा आफू धेरै खुसी भएको र अब आफुले भारत तिर बाट नेपाली कम्पनीलाई संचालन गरे आफ्नो तर्फबाट सहयोग हुने बताएका थिए ।  मैले पनि सिमाना नदिमा डर मानी मानी संचालन गरेको थिए अब दुबै देशका ब्यवसायी ले सन्चालन गरे यो क्षेत्र को पर्यटन ब्यवसाय फस्टाउने उनले बताए ।

राफ्टिङ भिम दत्त नगरपालिका को वडा नम्बर १ मसेटी बाट ब्रमदेव सम्म अन्दाजी १२ किलोमीटर  तीन वटा बोट मार्फत ३० जना लाई खल्ला सम्म र त्यहाँ खाना पछि बाकी अरु तीस जना लाई ब्रम देब सम्म राफ्टिङ गराइएकाे थियाे ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कर्णाली प्रदेश : पर्यटनका सम्भावना र चुनौतिहरु
  • HUNGER NO LONGER
  • पर्यटनको सम्भावना बोकेको प्रदेश दुई
  • ‘साहसिक पर्यटन ’ प्रदेश नम्बर एक
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी