ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्यटकीय गन्तव्य : प्रदेश नम्बर दुई



परिचय
दुई नम्बर प्रदेश यतिबेला निकै चर्चामा छ । राजनीतिक अस्थिरताका कारण दुई नम्बर प्रदेशका जनता बढी प्रताडित छन् । यही राजनीतिक अस्थिरताले आर्थिक समृद्धि हासिल गर्न नसकेको ठहर गर्दै यतिबेला यहाँका व्यवसायीहरु आर्थिक समृद्धिको अर्को बाटो खोजिरहेका छन् । दुई नम्बर प्रदेशमा पर्यटन प्रबद्र्धनबाट राम्रो आम्दानी लिन सकिनेभन्दै त्यहाँका व्यवसायीहरु एकढिक्का भएर अघि बढेका छन् ।
नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको प्रदेश नं. २ लाई एक विशिष्ट पर्यटकीय स्थल र गन्तव्यका रुपमा विकास गर्ने अवस्था मौजुद रहेको छ । आठ वटा जिल्लाहरु मिलेर बनेको यस प्रदेशको अक्षांश र देशान्तरमा लगभग एकरुपता छ । यो प्रदेश समृद्र सतहदेखि ६०.९ देखि ६०७.९५ मिटर उंचाईसम्म रहेको छ । नेपालको सवभन्दा होचो स्थान मुसहरनिया धनुषाको दक्षिण भेगमा रहेको छ भन्ने सीमांकनको आधारमा पूर्वमा कोशी अञ्चलको सुनसरी, मोरङ, उत्तरमा उदयपुर, सिन्धुली र मकवानपुर, पश्चिममा मकवानपुर र दक्षिणमा भारत विहार रहेका छन ।
यस प्रदेशका पर्यटकीय तथा ऐतिहासिक, धार्मिक स्थलहरुमा जानकी मन्दिर, राम मन्दिर, दुलहा–दुलहीन मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर, संकटमोचन, गंगासागर, धनुष सागर, बिहारकुण्ड, रत्नसागर, रंगभूमि मैदान, धनुषाधाम, क्षिरेश्वरनाथ, विवाहपंचमी, रामनवमी, जानकी नवमी, परिक्रमा, छठपर्व, भूतमेला, जनकपुर कला, जलेश्वरनाथ महादेव, वानेश्वरनाथ महादेव, कारिख बाबा, कञ्चनवन, ध्रुवकुण्ड, गिरिजास्थान, माईस्थान, मटिहानी, टुटेश्वरनाथ, रौजा मजार, सागरनाथ, मूर्तियाबाबाधाम, राजवरहैया, हरिहर महादेव, बाल्मिकी आश्रम, चतुर्भूज महादेव, सलहेश फुलबारी, वाला सुन्दरीभगवती, सारश्वरनाथ महादेव, नन्दबाबा मन्दिर, दशै, हनुमाननगर, छिन्नमस्ता, मानराजा, चन्द्रमामा भगवती, राजा बनौली, शम्भुनाथ मन्दिर, लक्ष्मीनारायण मन्दिर, कंकालिनी मन्दिर, बौद्धस्तुप, सिम्रौनगढ, गढीमाई, ठोरीको वन–जंगल आदि रहेका छन ।
पर्यटनको सम्भावना
बारा र पर्सा भारतसँग नजिकको सीमाना भएका जिल्ला हुन् । यी भारतसँग जोडिएका छन् । मकवानपुर, रौतहट र चितवनसँग सीमाना जोडिएका यी जिल्ला पर्यटकीय सम्भावना बढी भएका जिल्ला हुन् । पर्सा बन्यजन्तु आरक्ष हालसालै मात्र निकुञ्ज बनेको छ । यो ठाउँ काठमाडौंबाट पनि छोटो दूरीमा आउन सकिने ठाउँ हो । विमानस्थल पनि भएको बारा जिल्ला काठमाडौंबाट १५ मिनेटमा आउन सकिन्छ । यहाँ धेरै सम्भावना छ । पर्सा राष्ट्रिय निकुञ्ज र त्यहाँ भित्र रहेका जीवजन्तुलाई पर्यापर्यटनका रुपमा अघि बढाएर स्वदेशी तथा विदेशी पर्यटकलाई जंगल सफारी गराउनेसहित विभिन्न प्याकेजका कार्यक्रम बनाउन जरुरी रहेको छ ।
यसका अलवा यस प्रदेशको पर्साको बौद्ध धर्माम्बलम्बी राजा अशोकले बनाएको स्थल भिश्वाचौक रहेको, घरिहर्वा पोखरी, विन्द्यवासिनी मन्दिर, दिव्येश्वर महादेव र विद्यापति चौक पर्यटकीय क्षेत्र हुन । बाराको बरियारपुर, गढीमाई, चिडियामाई, रतनपुर जंगल, विन्द्यवासिनी मन्दिर आदि प्रमुख पर्यटकीय स्थल हुन । रौतहटको शिवनगर मन्दिर, बडेवाताल, भरथर ताल, राजदेवी मन्दिर पर्यटकीय स्थल हुन । सर्लाहीको सागरनाथ, मूर्तिया बाबाधाम, हरिहर महादेव प्रमुख पर्यटकीय स्थल हुन भने राज वारहैया, बौधीमाई, बाल्मिकी आश्रम, चर्तुभुजेश्वर महादेवआदि स्थानहरु यस जिल्लामा पर्दछन् । महोत्तरीको जलेश्वरनाथ महादेवः जलमा नै प्रवेश रहेकाले जलेश्वरनाथ महादेव भएको हो । यसलाई मिथिलाको प्रवेशद्वार मानिन्छ । बानेश्वरनाथ महादेव बाबा, कारिक बाबा पडौल, कन्चनवन, ध्र्रुवकुण्ड, गिरिजा स्थान, मालिवारा, निवुआटोल माइस्थान, सिद्धिनाथ मन्दिर, सोनामाई स्थान, टुटेश्वरनाथ महादेव, रौजा मजार, मंगलनाथ महादेव, मटिहानी आदि पर्यटकीय तथा धार्मिक स्थलहरु छन् ।
यस्तै धनुषाको जानकी मन्दिर, राम मन्दिर, दुलहा–दुलही मन्दिर, जनक मन्दिर धार्मिक धनुषसागर, गंगासागर, रच्नसागर, विहारकुण्ड, अग्निकुण्ड, ज्ञानकुप, अंगराज सरोवर, दशरथ सागर, गोरधोई, पापमोचन सर, छत्रधारिणी पोखरी, तेलदिधकी सर, देवान पोखरी, डबरा पोखरी, पापमोचनी सर, पुण्यधन सर, वाल्मिकी सर, भुतही पोखरी, मुरलीसर, रामसागर, लक्ष्मणसर, सीताकुण्ड, सूर्यकुण्ड, विषहरा पोखरी, महाराज सागर, रुकमिणी सर, पार्वती सर, विडाल सरसहित ‘५२ कुटी ः ७२’ कुण्ड रहेका रामायणकालीन प्रमाणहरु यहाँ रहेका छन । सिरहाको सलहेश फूलवारी, बालासुन्दरी भगवती रहेका छन् । सप्तरीको हनुमाननगर, गोबरगाड्डा, छिन्नमस्ता÷सखडेश्वरी भगवती, राजा मानदेवको प्रशासनिक एकाई चन्द्रभागा भगवती १५ औ शताब्दीमा राजा चन्द्रकेतुद्वारा स्थापित राजा बनौली द्रोणवार राजा पुरादित्यको राजधानी र महाकवि विद्यापतिद्वारा लिखनावली लेखिएको स्थल, गिद्धखोरा, चुरेपहाडमा विष्णुमन्दिर, रुपनगरमा लक्ष्मीनारायण मन्दिर, मौवाहामा १५० वर्ष पुरानो शम्भुनाथ मन्दिर, दिनाभद्री मरौढी–महुली खोलाको किनारमा सलहेश राजासँगको लडाईमा यदुवंशी दाजुभाई मारिएको स्थानका आदी क्षेत्रहरु रहेका छन् ।
चुनौतीहरु
प्रदेश नम्बर २ का पर्यटन विकासका चुनौति धेरै रहेका छन् । वीरगन्जमा पर्यटन कार्यलय छ । तर, काम विहिन छ । सीम्रन पर्यटन प्रबद्र्धन समिति भन्ने पनि छ । ती समितिहरुले केही काम गर्न सकेका छैनन् । राजनीतिक नियुक्ति पाएका त्यहाँका समितिका मान्छे र कर्मचारीले तलब खाने बाहेकको कामै गरेका छैनन् । पर्यटन कार्यालयले पनि मन्दिरको कम्पाउण्डलाई वाल गर्ने जस्ता साना झिना मसिना काम गरिरहेको छ । राजनीतिक दललाई खुसी बनाउन साना साना पार्क बनाउने बाहेक अरु केही गरेको छैन । यहि नै यहाकोे मुख्य चुनौति रहेको छ । यस्ता चुनौतिहरुलाई राज्यले प्रमुख प्राथमिकताका साथ हेर्नु जरुरी छ ।
पर्यटन व्यवसायबाट आर्थिक समृद्धि हासिल गर्ने प्रदेश नै दुई नम्बर हो । किन भने पर्सा वन्यजन्तु आरक्ष राष्ट्रिय निकुञ्जमा परिवर्तन भइरहेका बेला कोशीटप्पु वन्यजन्तु आरक्ष पनि यही प्रदेशमा छ । दुईटा आरक्ष भएको प्रदेश यही हो । आरक्ष र निकुञ्ज देखाएर पर्यटक प्रबद्र्धन गर्न सम्भव छ । यतातिर, अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्नेकुरा छ, फास्टट्याकको शिलान्यास भइसकेको छ । र, सबैभन्दा भारतको बिहारबाट आउने पर्यटकलाई लक्षित गर्दै पर्यटन व्यवसाय सञ्चालन गर्न सकियो भने यो प्रदेश समृद्ध हुन्छ । ऐतिहासिक रुपमा रहेको जानकी मन्दिर, गढीमाई, पर्यापर्यटनका क्षेत्रमा हुने गतिविधिले आन्तरिक पर्यटन बढन् सक्छ ।
यहाँको हिमाल, खोलानाला, वनजंगल, धार्मिक स्थल, ऐतिहासिकस्थलमा विदेशी पर्यटक भित्राउन सकिन्छ । त्यसरी हेर्दा व्यापारिक केन्द्र वीरगञ्जबाट नेपाल छिर्नेद्वार छ । यातायातको सहजता छ, अन्य जति सेवासुविधा पाउने हो त्यो यहाँ सम्भव छ । त्यसैले यस प्रदेशमा राज्यले थोरैमात्र मेहनत गर्ने हो भने नेपालमा अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेशबाट पर्यटन व्यवसायले बढी आम्दानी लिन सक्ने अवस्था छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कर्णाली प्रदेश : पर्यटनका सम्भावना र चुनौतिहरु
  • HUNGER NO LONGER
  • पर्यटनको गन्तब्य इलाम
  • पर्यटनको सम्भावना बोकेको प्रदेश दुई
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी