बधाई छ दिपकराज जोशी तथा पर्यटन बोर्डका सम्पूर्ण सदस्य लगाएत निजी क्षेत्रका पर्यटन व्यवसायीहरु लाई



नेपालमा पहिलो पटक २०१८ मा विदेशी पर्यटकको आगमन ११७३०७२ रहेको छ, जुन २०१७ मा ९४०२१८ थियो। यो अघिल्लो वर्षको तुलनामा २४.७७%बढी हो।

नेपालको पर्यटन क्षेत्रको दशकौ अघि देखिको लक्ष्य अहिले आएर पूरा भएको छ। नेतृत्वमा लगनशीलता, दूरदर्शिता, नेतृत्व क्षमता र इच्छाशक्ति भयो भने जस्तो सुकै लक्ष्य पनि प्राप्त गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ।यो सफलताको लागि दिपकराज जाेशी सर लगाएत पर्यटन बोर्ड का सम्पूर्ण सदस्य लगाएत निजी क्षेत्रका पर्यटन व्यवसायी हरु लाई धेरै धेरै बधाई !

२०१८ मा नेपाल घुम्ने जापानिज पर्यटक को संख्या २९७६८ रहेको छ, जुन २०१७ मा २७३२६ थियो। यो अघिल्लो वर्षको तुलनामा ८.९%ले बढी हो।तर केही मात्रामा जापानिज पर्यटक बढे पनि सन्तुष्ट हुने ठाउँ भने छैन। नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी सकेको अवस्थामा नेपालमा गुणस्तरीय जापानिज पर्यटक हरु बढाउन जति सकियो छिटो पर्यटन प्रवद्र्धनमा ध्यान दिनु आवस्यक छ। विशेष गरी अप्रिल, में, जुन अनि जुलाई मा पर्यटक को संख्या बढाउने गरी अबका प्रवद्र्धनका कार्यहरू हुनु जरुरी देखिन्छ।

जापानिज पर्यटक वृद्धि को लागि सबै भन्दा पहिला उनीहरूको व्यवहार र रुचिको बारेमा विश्लेषण गर्नु जरुरी हुन्छ। विशेष गरी जापानमा नेपालको पर्यटन प्रवद्र्धन गर्दा निम्न कुरा हरुमा ध्यान दिनु जरुरी देखिन्छ।

१. सूचना को पहुच: जापानिजहरु कुनै पनि ठाउँमा जानु भन्दा पहिला त्यो ठाउँको बारेमा गाइड बुक तथा इन्टरनेट बाट जानकारी लिने गर्दछन।अरूले त्यो ठाउँको बारेमा के अनुभव गरेको छ त्यस्ता कमेन्टहरू उनीहरूले खोजी खोजी हेर्ने गर्दछन।त्यसैले नेपालको बारेमा जतिसक्यो धरै जानकारी हरु जापानिज भाषा मा नै आधिकारिक वेबसाइट हरु मा राख्नु राम्रो हुन्छ।जसले गर्दा उनीहरूले खोजेको जानकारी विश्वासिलो श्रोत बाट पाउन सकुन्। जसले उनीहरूको गन्तव्य छनोट मा सहयोग पुगोस्।

२. सुरक्षा चासो: जापानिजहरु भ्रमण को लागि गन्तव्य छनोट गर्दा त्यो ठाउँमा आफ्नो सुरक्षा को बारेमा निकै नै चनाखो हुने गर्दछन। तेसैले नेपाल उनीहरूको लागि सुरक्षित गन्तव्य स्थल हो भनेर जानकारी गराउनु उचित कदम हुने छ।

३. स्थानीय खाना: जापानिज हरु कुनै पनि ठाउँमा भ्रमणमा जादा त्यो ठाउँको स्थानीय खानामा निकै नै रुचि राख्दछन। जसले गर्दा जापान मा नेपालको पर्यटन प्रवद्र्धन गर्दा पर्यटकीय स्थानको साथसाथै नेपालको खाना हरुको बारेमा पनि राम्रो जानकारी दिन सकियो भने , यसले पनि नेपाल लाई गन्तव्य को रूपमा छनोट गर्न उनीहरू लाई सजिलो हुने छ।

४. स्थानीय भाषा मा पर्यटन प्रवद्र्धन सामग्री: जापानमा गरिने पर्यटन प्रवद्र्धन सामग्री मा नेपाल पर्यटन बोर्ड ले अङ्ग्रेजी भाषाको मात्र प्रयोग गर्ने गरेको छ। जसले गर्दा जापानिज हरुले आफूले चाहेको सूचना पाउन सकेका छैनन्। किनकि जापान मा अङ्ग्रेजी बुझ्ने जापानिज हरुको संख्या निकै कम छ। त्यसैले जापानिज पर्यटक को संख्या बढाउने हो भने जापानिज भाषामानै उल्लेख्य नेपालको प्रवद्र्धन हुनु जरुरी छ।

५. सिधा हवाई सम्पर्क: जापान मा भएका अनुसन्धान हरुलाई मान्ने हो भने जापानिज पर्यटक हरू विदेश भ्रमणमा सिधा हवाई उडान मन पराउँछन्। अहिले जापानबाट नेपालमा सिधा उडान सुविधा नहुनु पनि नेपालमा जापानिज पर्यटक कम जानु मध्येको एउटा कारण मान्न सकिन्छ। नेपाल वायुसेवा निगम ले छिटै नै ओसाका बाट नेपालको लागि सिधा उडान गर्दै छ। जसले नेपाल मा जाने पर्यटक को संख्या बढ्ने आशा गरिएको छ। तर यदि साँच्चै नै नेपालमा जापानीज पर्यटक को संख्या बढाउने हो भने ओसाका भन्दा टोकियोको नारिता अथवा हानेदा विमानस्थल बाट नेपालको लागि सिधा उडान गर्नु जरुरी देखिन्छ।

६. आफ्नो देश मा गर्न नसकिने नयाँ अनुभव: जापानिज पर्यटक हरू जहिले पनि नयाँ ठाउँमा नयाँ अनुभव प्राप्त गर्न चाहन्छन्। त्यसैले यदि नेपालमा जापानिज पर्यटक लाई आकर्षित गर्नेहो भने उनीहरू को रुचि को विश्लेषण गरेर त्यसै अनुसार को प्रवर्द्धन गर्नु उपयुक्त हुन्छ।

७. अतिथि देवो भव: जापान अतिथि सत्कार (ओमोतेनासि) को लागि संसारमै प्रशिद्ध छ। जापानमा पर्यटक लाई प्रदान गरिने सेवा सुविधा निकै नै राम्रो हुने गर्दछ भने उनीहरू विदेश घुम्न जाँदा पनि त्यस्तै अतिथि सत्कार को अपेक्षा गरेका हुन्छन्।

८. सामाजिक सञ्जाल को प्रयोग: जापानिज पर्यटक हरु आफूलाई मन नपरेको कुराहरू सिधै भन्दैनन्। उनीहरू आफूलाई मन नपरेको कुरा इन्टरनेट को माध्यम बाट वेबसाइट, ब्लग र सामाजिक सञ्जालहरुमा कमेन्ट को रूपमा राख्ने गर्दछन। जुन कमेन्ट हरुले जापानिज पर्यटक को गन्तव्य छनोट मा असर गर्दछ। किनकि उनीहरू गन्तव्य छनोट गर्नु अगाडि त्यो ठाउँको बारेमा राम्रो सँग जानकारी लिने गर्दछन भने , अरु त्यो ठाउँ घुमेका जापानिज हरुले इन्टरनेट मा त्यो ठाउँको बारेमा कस्तो अनुभव लेखेका छन् खोज्ने गर्दछन।

 तथ्याङ्क श्रोत नेपाल पर्यटन बोर्ड

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कर्णाली प्रदेश : पर्यटनका सम्भावना र चुनौतिहरु
  • HUNGER NO LONGER
  • पर्यटनको सम्भावना बोकेको प्रदेश दुई
  • ‘साहसिक पर्यटन ’ प्रदेश नम्बर एक
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी