दैलेख : पर्यटन विकासका केहि आधारशिला



नेपालको सन्दर्भमा आर्थिक विकासका विभिन्न क्षेत्रहरु मध्ये पर्यटन क्षेत्र विकासका हिसावले एक महत्वपुर्ण क्षेत्र हो । नेपाल पर्यटन विकासका आधारको रुपमा रहेका विभिन्न कला संंस्कृतिहरु र सुन्दरतम प्रकृतिकरुपले भरिपुर्ण देश हो । उच्च मनोरम हिमश्रृखंला, उच्चपहाडी तथा हिमाली दृश्यहरु, भञ्ज्याङहरु, नदिनालाहरु, तालतलैयाहरु, गुफाहरु, मठमन्दिर तथा धार्मिकस्थलहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरु, प्राकृतिक विविधता,कलाकृतिहरु तथा सस्ंकृतिहरु नेपालको पर्यटन विकासका आधारहरु हुन भने हिमाल आरोहण, पैदल यात्रा, ¥याटिङ, वोटिङ, वन्यजन्तु शिकार तथा निकुञ्जहरुको अवलोकन, हात्तिसयर, प्याराग्लाईडिङ, बन्जिजम्पिङ, धार्मिक तथा सांस्कृतिक स्थल अध्ययन अवलोकन आदी पर्यटनसंग जोडिएका सम्बन्धित कृयाकलापहरु हुन ।

हाल नेपालको पर्यटन व्यवसायका लागि निर्धारण गरिएका क्षेत्रहरु मात्र नभइ देशका विभिन्न भागमा छरिएर रहेका प्राकृतिक तथा मानव निर्मित सम्पदाहरुलाई मध्यनजर गरी पर्यटकीय मार्गको सञ्जाल निर्माण गरी सुरक्षित वातावरण दिने हो भने दैलेख जिल्लामा पनि धार्मिक तथा सांस्कृतिक पर्यटनको उर्वर भुमीको रुपमा विकास गर्न सकिने पर्याप्त सम्भावना र अवसरहरु रहेका छन । यसै सन्दर्भमा दैलेख जिल्ला पनि पर्यटन विकासका धेरै सम्भावना वोकेक क्षेत्र हो ।

दैलेख पर्यटन विकासका केहि आधारशिला

१. पंञ्चकोशीका सवै धार्मिक तथा प्राकृतिक सम्पदाहरुलाई पर्यटन विकासको राष्ट्रिय नीतिमा समावेश गरि एकिकृत योजना निर्माण गर्ने, यसका लागि राजनैतिक दल, स्थानिय तह, प्रदेश सभा तथा केन्द्यिसभामा दैलेखबाट प्रतिनिधित्व गर्ने माननीय सांसदज्युहरुको भुमिका महत्वपुर्ण रहनेछ ।

२. पञ्चकोशी क्षेत्रको दृश्यावलोकन गर्नको लागि दैलेख बाजार भएर जाने रेखाकिंत सडकहरुको स्तरोन्नति गर्ने र यसका लागि स्थानीय निकायहरुको भुमिका महत्वपुर्ण रहनेछ ।

३. दैलेख वजारदेखि माहावु सम्म नयाँ ट्रेकिङ रुटको सञ्चालन गर्ने यसका लागि नेपाल सरकार र स्थानीय निकायहरुको भुमिका महत्वपुर्ण रहनेछ ।

४. प्रस्तावित मध्यपहाडि लोकमार्ग निर्माणलाई तिव्रता दिने र दैलेख सदरमुकाम हुदै कालिकोट सम्मको मार्ग सञ्चालन गर्ने यसका लागि नेपाल सरकारको भुमिका महत्वपुर्ण रहने छ ।

५. दैलेख जिल्लामा विमानस्थल निर्माण मा पहल गर्ने ।

६. स्थानीय कला र संस्कृतिको संरक्षण र सम्वर्धन गरि नियमित प्रदर्शन गर्ने यसका लागि स्थानीय समुदाय तथा विभिन्न संघ संस्थाहरुको महत्वपुर्ण भुमिका रहनेछ ।

७. सवै पर्यटकीय क्षेत्रहरुको सूचना प्राप्त हुने गरी दैलेख पर्यटन सूचना केन्द्रको स्थापना गर्ने यसका लागि नेपाल सरकार पर्यटन मन्त्रालय र सूचना प्रविधिको क्षेत्रसंग सम्बन्धीत व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहनेछ ।

८. स्थानीय पर्यटन विकास समिति को निमार्ण गर्ने र त्यसले एउटा website निर्माण गर्ने, दैलेख क्षेत्रका सवै सम्पदाहरुलाई समेटी डकुमेन्ट्री तयार गरी प्रचारमा ल्याउने ।

९. पञ्चकोशी स्थलहरुको पैदल मार्गको सञ्जाल निर्माण गर्ने यसका लागि नेपाल सरकार पर्यटन मन्त्रालय, तथा राजनैतिक दलहरुको महत्वपुर्ण भुमिका रहने छ ।

१०. विदेशि तथा स्वदेशि पाहुनाहरुका लागि पर्याप्त आवास गृहहरु (होटल रिसोर्टहरु) निर्माण गर्ने यसका लागि उद्योगि व्यापारी तथा उद्योग वाणिज्य संघ तथा निजि क्षेत्रको लगानी महत्वपुर्ण रहनेछ ।

११. दैलेख वजारको स्तरउन्नोती गर्ने यसका लागि नेपाल सरकार स्थानीय राजनैतिक दलहरुको भुमिका महत्वपुर्ण रहनेछ ।

१२. राष्ट्रियस्तरका कार्यक्रमहरु सञ्चालन क्षमताका सभाहलहरु निर्माण गरी सञ्चालनमा ल्याउने यसका लागि नेपाल सरकार स्थानीय निकायहरु तथा स्थानीय लगानीकर्ताको महत्वपुर्ण भुमिका रहनेछ ।

१३. दैलेख वजारलाई मुकाम वनाईे टुडिखेलदेखि शिरस्थान, नाविस्थान जोड्ने पर्यटकीय केवलकार निर्माण गर्ने यसका लागि स्थानीय सहयोग र राष्ट्रिय उद्यमिहरुको लगानीको आवश्यकता रहनेछ ।

१४. दैलेख जिल्लामा रहेका पर्यटनका सम्भावनाहरुको वारेमा खोज अनुसन्धान तथा प्रचारमुलक लेख रचनाहरु नियमित प्रकाशन गर्ने यसका लागि स्थानीय सञ्चार माध्यम एवं सञ्चारकर्मि तथा पर्यटन प्रेमिहरुको सक्रियता महत्वपुर्ण रहनेछ ।

१५. जिल्लामा रहेका प्रत्येक नगरपालिका तथा गाउँपालिकाका कम्तीमा एक÷एक गाँउमा होमस्टे कार्यक्रम सञ्चालन गर्ने यसका लागि सम्बन्धीत समुदाय, स्थानीय निकाय स्थानीय पर्यटन विकास समितिको भुमिका महत्वपुर्ण रहनेछ ।

१६. अतिथि देवोः भवः भन्ने मुलमन्त्रलाई आत्मसात गरि यस क्षेत्रमा आउने आन्त्रिक तथा वाह्य पर्यटकहरु प्रति सम्मानजनक व्यवहार देखाउने यसका लागि आम नागरिकहरुको भुमिका महत्वपुर्ण रहनेछ ।

१७. समग्र व्यवस्थापन तथा निरन्तर सक्रियताका लागि स्थानीय अगुवा तथा सम्बद्ध निकाहरुको संलग्नतामा एक पर्यटन विकास सञ्जाल निर्माण गरि योजनावद्ध तवरले कार्य गर्नुपर्ने यसका लागि विकासप्रेमि स्थानीय अगुवा तथा स्थानीय निकायहरुको सहयोग र भुमिका महत्वपुर्ण रहनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कर्णाली प्रदेश : पर्यटनका सम्भावना र चुनौतिहरु
  • HUNGER NO LONGER
  • पर्यटनको गन्तब्य इलाम
  • पर्यटनको सम्भावना बोकेको प्रदेश दुई
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी