थारु संस्कृति झल्कने ‘थारु होमस्टे भादा गाउँ’

अहिले सहरी क्षेत्रमा बस्ने मानिसको जीवन सधैं हतारोमा बित्दछ । जता हे¥यो उतै मान्छे, कोलाहल, गाडिको धुवा, सडकको धुलो र प्र्रदुषणले सबैलाई दिक्क बनाउछ । सहरी क्षेत्रका मानिसहरु समय निकालेर घुमघाममा निस्कन चाहन्छन । घुमघामले तन र मन दुबैलाई रिचार्ज गर्छ र उर्जा पनि बढाउँछ । घुमघाम गर्न विदेशै जानुपर्छ भन्ने छैन । पर्यटक भएर नेपाल भित्रनै घुमघाम गर्ने धेरै गन्तव्य छन् । पर्यटकहरु को लागि आधुनिक होटल, लज, रिसोर्ट र रेष्टुँरा मात्र होइन गाउँ घरमा होमस्टे पनि सन्चालनमा आएका छन् ।

होमस्टेमा पर्यटक अर्थात पाहुनालाई परिवारका सदस्यसँग एउटै भान्छामा खाना खुवाइन्छ । बास बसेको घरमा परिवार सगै खाना खादा पर्यटकहरु रमाउने गर्दछन । होमस्टे सन्चालन गर्ने परिवार संग रमाउदै खाना बनाउन, तरकारी केलाउन वा बारीमा काम गर्न पनि पर्यटकहरु तम्सीन्छन । सहरी भेकका बालबालिकालाई होमस्टेमा बस्दा रमाउने मात्र होइन गाउँले जीवनशैली देख्दा खुशि मान्दछन । चामल कहाँबाट आउँछ, गाइभैंसीले दुध कसरी दिन्छन, तरकारी कसरी फल्छ भन्ने जस्ता कुरा प्रत्यक्ष देख्न पाउँछन् । सहरी बालवालिकाहरुका लागि अनौपचारिक पाठशाला हुन्छ ग्रामीण भेगका होमस्टे । होमस्टेमा सित्तैं बस्न भने पाइँदैन । केही रकम तिर्नुपर्छ, तर त्यो रकम होटल वा रिसोर्टको भन्दा सस्तो पर्दछ । तर पनि होमस्टेमा पैसाले किन्नै नसकिने आत्मीयता पाइन्छ ।

यतिखेर पहाड होस वा तराई ! होमस्टे सुविधा भएका गाउँ पर्यटकहरुले घुमघाम गर्दा बसाइमा सस्तो मात्र होइन रमाइलो पनि हुन्छ । होमस्टे सांस्कृतिक संगठनका रुपमा प्रचलित अंग्रेजी शब्द हो । जसले भ्रमण अथवा यात्राका क्रममा ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ । यसलाई हाम्रो परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ । स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन अहिले देशभर फैलिएको छ । स्याङजाको सिरुबारीबाट नेपालमा होमस्टे पर्यटनको सुरुवात भएको मानिन्छ ।

थारु संस्कृति झल्कने ‘थारु होमस्टे भादा गाउँ’
By के.बी.मसाल On : “September 17, 2018
77
Shares

गाउँमा पर्यटक जान थालेपछि होमस्टेले स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने गर्दछ । गाउँमै स्वरोजगारका अवसर भयो भने गाउँघरमा आम्दानीका अवसरहरु वृद्धिहुदै जान्छ । आम्दानीका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने अवसर सृजना गराउछ । होमस्टे भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रुपमा सन्चालन गरिएको सेवा हो । यसको उद्देश्य होमस्टे संचालन गरी पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पु¥याउने हो । त्यसको साथै होमस्टे संचालन गरी ग्रामिण क्षेत्रका जनताहरुलाई पर्यटन सेवामा सहभागि गराउने पनि यसको उद्देश्य रहेको हुन्छ ।

नेपालका अधिकाशं जिल्लाहरुमा होमस्टे सन्चालनमा आएका छन् । फरक जिल्ला र गाउमाँ सन्चालनमा आएका होमस्टेमा रहनसहन, भेषभुषा, खानपान, संस्कृति जस्ता कुराहरुमा केही न केही विविधता पाइन्छ । थारु जातीहरु बाट सन्चालन गरेका होमस्टेमा आजभोली थारुको खानपिन, जीवनशैली र संस्कृति हेर्न पर्यटक पुग्ने गर्दछन । कैलालीको लम्कीदेखि पश्चिम चौमाला पुुगेपछि दक्षिणतर्फ करिब ७ किलोमिटर यात्रा गरेपछि धनगढी उपमहानगरपालिका–१६ मा पर्ने भादा गाउँ आउँछ । यो गाउँमा डँगौरा थारुको मात्रै बसोबास छ । २०६७ सालदेखि भादा गाउँमा होमस्टे सन्चालनमा आएको हो । डँगौरा थारुको बस्तीको रुपमा परिचित भादा गाउँ अहिले होमस्टेको नयाँ पहिचानले चिनिन्छ । लोप हुँदै गइरहेको थारु संस्कृति, संस्कार र कलालाई पर्यटन विकास लागि भादा गाउँमा होमस्टे सन्चालनमा आएको छ ।

आजभन्दा ६ दशक पहिले दंगाली गुरुबा भगौती दासले थारु भादा गाउँमा बस्ती बसालेका हुन । उनकै नाउँ भगौतीको ‘भा’ र दासको ‘दा’बाट गाउँको नाम भादा राखिएको हो । सुरुमा १३ घरधुरीबाट बस्ती बसालिएको भादा गाउँमा अहिले २२४ घर पुगिसकेको छ । भादा गाउँमा १९ घरमा होमस्टे सन्चालन भएको छ । प्रत्येक घरमा पाहुनाका लागि छुट्टै थारु संस्कृति अनुरुपको घर बनाइएको छ । सफा कोटा र बिछौना, शोचालय समेत भएका घरमा पर्यटकहरुलाई पाहुनाको रुपमा राख्ने गरिन्छ । गाउँमा पुग्ने पर्यटकहरुलाई भादा गाउँका गाउँलेहरुले आफ्नो पालो अनुसार घरमा लैजाने गर्दछन । होमस्टेमा पर्यटकलाई थारु परिकार चिँचर, लोकल कुखुरा, माछा र इच्छा हुनेलाई रक्सी पनि दिने गरिन्छ । साँझमा सखिया, हुर्दङवा, झुमरा र मघौटा र लट्ठी नाच देखाइन्छ ।

भादा गाउँ चारैतर्फ जंगलले घेरिएको थारु जातीहरुको गाउँ हो । यो गाउँमा थारु जातीको बखरिया, पसलदङगीया, दहित, चिल्लहवा, कुस्मी, राजवंशि र धम्लहवा थरका थारु जाती रहेका छन । तर आजभोली युवा पुस्ताहरुले आफ्नो थर लेख्दा चौधरी लेख्ने गर्दछन । यहाका थारु जातीहरु दाङ जिल्लाबाट बसाइसराइ भएका हुन । भादा गाउँमा अन्य समुदायका मानिसहरुलाई घरजग्गा बिक्री गर्न पाइदैन । थारु जातीको अगुवा अर्थात भलमन्सा (मुखिया) ले अन्य जातिका मानिसलाई घरजग्गा बेच्न नपाइने नियम लगाएका छन । जुन कारणले भादा गाउँमा अहिलेसम्म अरु समुदायका मानिसहरुको बसोवास छैन । थारु बाहके अन्य समुदायका मानिसलाई घरजग्गा बेचेमा थारु समुदायको सस्कृति र रीतिरिवाज हराउने आशंकाले यो नियम लागु गरिएको भनाइ छ । भादा गाउँमा घरजग्गा बेच्नुपर्ने भए थारु समुदायकै मान्छेलाई बेच्नुपर्ने हुन्छ ।

कैलाली जिल्लाका आदीबासी जाती भनेको रानाथारु हुन । राना थारु कैलालीमा बसोवास गरेको पाचसय बर्ष भन्दा धेरै भएको छ । तर पनि दाङबाट बसाइसरेका भादाका थारु जातीहरुले आफ्नो सस्कृतिलाई बचाई राखेका छन् । चारैतिर हरियो जंगल ताल तलैयाको बीचमा भादा गाउँ रहेको छ । गाउँमा लहरै मिलेर बनेका परम्परागत घर र रहन सहनले भादा गाउँमा पुग्ने पर्यटकहरु दंग पर्दछन । भादा गाउँमा पुगेपछि पर्यटकले लहरु (बयलगाडा) चढेर गाउँ घुमेर आनन्द लिन सक्छन् । हरेकको घरमा झाँगिएका बाँस भादा गाउँका थारुको परम्परागत आम्दानीको मूल स्रोत हो । भादाका थारुहरुले बाँसबाट निर्माण हुने घरेलु सामग्रीको बिक्रीबाट राम्रो आम्दानी लिने गरेका छन् । भादाको होमस्टे गाउँ थारु कला र संस्कृति बुझ्ने र अध्ययन गर्ने स्थलका रुपमा बिकास भएको छ ।

भादा गाउँको थारु होमस्टे मा आन्तरिक मात्र नभएर वाह्य पर्यटकहरु समेत पुग्ने गरेका छन । होमस्टे प्रर्वद्धन गर्नका लागि प्रत्येक वर्ष पौष १७ देखि २१ गतेसम्म महोत्सव पनि सन्चालन हुदै आएको छ । महोत्सबमा प्रत्येक दिन स्थानीय कलाकारहरुको प्रस्तुति सखिया नाच, झुम्रा नाच, मघौटा नाच, मुंग्रह्वा नाच, हुर्दङग्वा नाच, लठ्ठी बैठकी र गुरुवा नाच हुने गर्दछ । त्यसैगरी सजना, मैना, धमार, बर्कीमार, लग्नी, कठमधैया, बिर्हनी गितहरु लगायत रानाथारुको गीत समेत प्रस्तुत हुने गर्दछ । महोत्सवमा थारु परिकार ढिक्री, खेरिया, फूलौरी, अण्डीक भाट, खुम्रा, पनझझरा, कचरीक बरिया, घोघी, गेगटा, सुटही, मुसाको परिकार, सिध्रामाछा, मौहुवाक दारु, चौरकदारु, निघार, छवुवा जाँर लगायत विभिन्न परिकारको खाना पाहुनाहरुलाई दिने गरिन्छ ।

भादा गाउँमा पुग्ने पर्यटकहरुले गाउँ नजिकै रहेको जोगिन्या ताल, बेहडाबाबाको मन्दिर, गणेश सामुदायिक वन जस्ता सम्पदा पर्यटकहरुका लागि अवलोकन गर्ने स्थल बनेको छ । भादाको सामुदायिक वन जंगली जनावर र जडीबुटीको भण्डार नै मानिन्छ । वन क्षेत्रमा घुमघाम गर्दा पर्यटकहरुले जंगली जनावर पनि अवलोकन गर्न सक्दछन । गाउँमा पर्यटकलाई घुमाउन लहरु अर्थात गोरुगाडा तयारी अवस्थामा राखिएको हुन्छ । एउटा लहरुमा चार जनासम्म बस्न मिल्छ । लहरुमा घुमघाम गर्दा केही गाउँलेले तोकेको शुल्क भने तिर्नुपर्ने हुन्छ ।

भादामा पुग्ने पर्यटकहरु थारु समुदायको सस्कृतिको बारेमा रुचिका साथ अध्ययन गर्दछन । थारु समुदायको मात्रै बसोबास रहेको भादा गाउँ आफैंमा एक अध्ययन गर्नै पर्ने स्थान पनि हो । सहर बजारको होहल्लाबाट केही दिन शान्त वातावरण खोज्नेका लागि भादा गाउँ पर्यटकहरुको लागि उपयुक्त थलो बनेको छ । भादा गाउँका होमस्टेमा बजार क्षेत्रको बसाइभन्दा एकदमै सस्तो छ । एकजना सुत्न मिल्ने ओछयानको एक रातको मात्र एक सय रुपैयाँ तिर्नु पर्दछ भने दुईजना सुत्न मिल्ने ओछयानको डेढ सय मात्रै तिरे पुग्छ । खानेकुराको मूल्य भने परिकार पिच्छे फरक रहेको छ । जाडोमा आगो ताप्दै खानपिन गर्न छुट्टै घरहरु बनाइएका छन् । हरेक घरका बीचमा अगेना राखिएको र ती अगेनाको चारैतिर आठजनाको समूह बसेर रमाइलोसँग खानपिन गर्न सकिन्छ ।

भादा गाउँको होमस्टेमा बसेर गाउँमा घुमफिर गर्दा पर्यटकले स्थानीय सस्कृति, रितीरिवाज भाषाको समेत प्रत्यक्ष रुपमै अनुभूति गर्न पाउँछन् । गाउँमा पुग्दा पर्यटकहरुले त्यहाको सम्पदाहरु, भाषा, धर्म, परम्परा, चालचलन, संस्कार, खानपान, गीत, बाजागाजाका धुन, जाँड, रक्सी साथै मौलिक खानाको स्वाद पनि लिन सक्दछन् । गाउँमा पुग्ने पर्यटकको सुरक्षाप्रति पनि भादा गाउँका बासिन्दा संवेदनशील छन् । गाउँहरुले पर्यटकका लागि केही नीति–नियमसमेत बनाएका छन् । पर्यटकहरु को सुरक्षाको लागि गाउँका युवालाई स्वयंसेवकका रुपमा खटाइन्छ । स्वयंसेवकले पर्यटकहरुलाई असुरक्षा महसुस भयो भने सुरक्षा दिने गर्दछन । तर, गाउँको नीतिनियममा नबसेर अरुलाई असर पु¥याउने पर्यटकलाई स्वयंसेवकले आफ्नो नियन्त्रणमा राख्न सक्छन् ।

भादा गाउँ पुग्ने पर्यटकहरुले आफ्नो घुमघामको समय लम्वाउन सके कैलाली जिल्लाको अन्य स्थानको समेत अध्यन भ्रमण गर्न सक्दछन । कैलाली वि.स.१९१४ मा भारतमा भएको सिपाही विद्रोेहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनिलाई सहयोग गरेवापत वि.स. १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भाग मध्य पुरस्कार स्वरुप वि.स.१९१७ मा बाके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले कैलालीलाई नयाँ मुलुकको रुपमा चिनिन्छन । कैलालीका प्रकृतीक ताल तलैयाहरुले वातावरणलाई रमणिय बनाइ दिएको छ । घोडाघोडी तालमा प्रत्येक बर्ष हजारौ सख्यामा आन्तरिक एवं वाह्य पर्यटकहरु पुग्ने गर्दछन । त्यसै गरी कैलालीमा रहेका जोखर, तिलेक, कोईलही, लौकाभौका र वेहडावावा जस्ता तालहरु पनि आजभोली पर्यटकको लागि गन्तब्य बन्दै गएका छन । कैलाली पुगे पछि टिकापुरको पार्क नपुग्ने पर्यटक थोरै मात्र हुन्छन । टिकापुर पार्क, घोडाघोडी ताल र कर्णाली चिसापानीको पुलले सबै पर्यटकलाई आकर्षणको केन्द्र बनाएको छ ।

कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो । यो पूर्व–पश्चिम राजमार्गको चिसापानीमापर्दछ । यसको निर्माण इ.सं.१९९३ मा पूरा भएको हो । यो तार पुल हो जसको बिचमा ठूलो खम्बा छ र त्यसमा स्टीलका तारहरु बाधेर ट्रसलाई अडयाइएको छ । यो ५०० मिटर लामो र १० मिटर चौडा छ । बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ । यो पुलको निर्माण गर्दा ३ हजार ८७० टन स्टील प्रयोग भएको थियो । यस पुलको निर्माण जापानको कावासाकी हेवी इन्डस्टीजले गरेको हो । नेपालको मात्र नभएर एशियाकै लागि नयाँ डिजाइन मानिने यो पुल हेर्नको लागि नेपालका धेरै जिल्लाका पर्यटकहरु पुग्ने गर्दछन ।
भादा कसरी पुग्ने ?
धनगढी उपमहानगर पालिका–१६ स्थित भादा गाउँको थारु होमस्टे पुग्नका लागि धनगढी देखि १७ किलोमिटर उत्तरपूर्व र पूर्वपश्चिम राजमार्गको राजीपुर देखि ७ किलोमिटर दक्षिण पश्चिम रहेको छ । धनगढीबाट भादा जाने तीनओटा बाटा छन् । क्याम्पस रोडको मोतीचोकबाट बायाँ हुँदै गयो भने भादा १५ किलोमिटरको यात्रामा पुगिन्छ । झिलबाट बेहडाबाबा हुँदै सात किलोमिटरको यात्रामा भादा पुगिन्छ । क्याम्पस रोडबाट सोझै फूलबारी जाने बाटो छ । जुन खुटिया नदी पार गरेपछि बायाँतर्फको बाटो लाग्नु पर्दछ । यो बाटो १७ किलोमिटर यात्रा गर्नु पर्दछ । यहाँबाट उर्मा हुँदै भादा पुगिन्छ । अर्को जोखर तालबाट पथरी हुँदै बेहडाबाबा मन्दिरसम्म २५ किलोमिटर पर्दछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कर्णाली प्रदेश : पर्यटनका सम्भावना र चुनौतिहरु
  • HUNGER NO LONGER
  • पर्यटनको सम्भावना बोकेको प्रदेश दुई
  • ‘साहसिक पर्यटन ’ प्रदेश नम्बर एक
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी