ताजा समाचार

आज    |   

अहिलेको आवश्यकता ‘ग्रामिण पर्यटन’



बास्तवमा ग्रामिण पर्यटनको भबिस्य अत्यन्त उज्ज्वल रहेको र नेपालको आर्थिक क्षेत्रको प्रमुख आयस्राेत मानिने पर्यटन ब्यबसाय त्यसमा पनि गाउँको बिकासको लागी ग्रामीण पर्यटनको बिकास हुनु पर्दछ । ग्रामीण क्षेत्रको आर्थिक बिकासका लागि आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा बृद्धि गराउन ग्रामीण क्षेत्रमा सुरक्षा सहित खाने बस्नेको व्याबस्थाका लागी स्थानियनिकायहरुले चासो राख्नु पर्दछ । गाउँ समाज टोलको सरसफाई सडकको बिकासका साथै सडक सञ्जाल सदरमुकाम सम्म जोडेमा प्राकृतिक, सांस्कृतिक, धार्मिक विशेषता समिटिने गरी डकुमेन्ट्री निमार्णका साथै होमस्टे र होटल व्यबसायका साथै बिभन्नि योजनाहरु बिकास गर्न सके धेरै संख्यामा पर्यटक भित्राई गाउँको आथिक बिकासका साथै गाउँको सम्बृद्धिको गोरेटो तय हुने कुरामा दुईमत छैन ।

गाउँको पर्यटन बिकासका लागि सुचना प्रबिधी र यातायात क्षेत्रको पाटोलाई मजबुद बनाउन देशका पछि परेका वा उपेक्षित गरएिका गाउँहरुलाई बिषेश ध्यानदिने गाउँमा पर्यटकलाई आकर्षित गर्ने खास बिषयका पक्षमा अध्यायन अनुसन्धान गरी बिभिन्न जनजातीहरुका सास्कृतिक, रहनसहन, रितीरिवाज, चालचलन, भेषभुषा, ऐतिहाषिक वा पुरातात्विक महत्वका बिषयमा अनुसन्धान र उत्खलन गरी सरकारको उद्देश्य अनुरुप सो क्षेत्रको सम्भावनालाई ठिक सित बिकसित गरी पर्यटन ब्यबसायलाई फराकिलो मजबुत राष्टिय तथा अन्र्तराष्टिय स्तरमा पुर्याउनको लागि राज्य सरकार सो क्षेत्रमा प्रभावकारी सैलिमा उपस्थिती गराई पर्यटन मैत्री वातावरण सृर्जना गर्ने नेपाली पर्यटक उद्योग लाई कसरी प्रर्वधन र संरक्षण गर्न सकिन्छ त्यसमा राज्य लागी पर्नु पर्छ तव मात्र नेपालको बिकासको अभियान सार्थक हुन्छ भन्ने कुरामा हृदयदेखीे आत्मासाथ गरी पर्यटन सम्वन्धि बृहत अभियान चलाउन जरुरी छ । त्यसका लागि ट्राभल्स कम्पनी तथा ट्रेकिङ्क र एजेन्सिको बजारीकरण संचालन तथा ब्यवसायिक प्रर्बद्धन संग प्रत्यक्ष सरोकार राख्ने निजी एजेन्सि संग एक आपसमा सवन्वय सहकार्य समेत गर्ने । विभिन्न कला संस्कृतिहरु र सुन्दरतम प्रकृतिले भरिपुर्ण देशलाई बिश्व सामु चिनाई सकारात्मक साेंचका साथ आर्थिक विकासको पाटो पर्यटन क्षेत्रको बिकास गर्न उत्कृष्ट गन्तव्य स्थलहरुको रुपमा रहेको नेपाल जहाँ प्राकृतिक सौन्दर्यता जैविक विभिधता बहुजातिय बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण बिश्व पर्यटनका लागी अग्र स्थानमा रहेका हजारौं पर्यटकिय स्थलहरु अवस्थित नेपाल पर्यटन प्रर्वद्धन र बिकासका लागी पर्यटक आगमनको पहिलो र महत्वपूर्ण कुरा हुन जान्छ ।

हाम्रो भन्दा कमजोर भएका देशले पर्यटन बाट ठुलो उपलव्धी गरीसके हाम्राे राज्यले पर्यटन व्यवसाय प्रती कुनै राम्रो ठोस कदम र पहल नचाल्दा हाम्रो मुलुक प्रकृतिको खानी स्वर्गको एक टुक्रा भएर पनि प्रगती हुन सकेको छैन नेपालमा आउने पर्यटकहरुको मानस पटलमा रहीरहेका नेपालप्रतिको नकारात्मक सोंचलाई जरैदेखी उखेल्नु पर्दछ, तसर्थ । प्राकृतिक सौन्दर्यताको अनुपम रुपलाई बिश्व सामु चिनाउन तपाई हामी लाग्नु पर्दछ । । त्यसैले नेपालको गाउँगाउँमा पर्यटन केन्द« बनाउनबनाउनु पर्दछ। किनकि नेपाल एक गाउँगाउँहरुको देश हो। प्रत्येक विकासको प्रचुर सम्भावनाबोकेको प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय नगरीको रुपमा चिनाउन सकिने यस गाउँगाउँमा आ आफ्ना पर्यटन क्षेत्रको विकासको लागि ऐतिहासिक, धार्मिक तथापर्यटकीय स्थलहरुको विकास र व्यवस्थापनमा जोड दिने गाउँ क्षेत्र भित्र रहेको प्रमुख पर्यटकीय स्थलमा स्थानीयवासीको सहभागितामा संरक्षण तथा विकास समिति गठन गरी सो ठाउँको उपयोग, संरक्षण तथा व्यवस्थापनको जिम्मा दिने । त्यस्तै पर्यटन र कृर्षि बिकासका लागी वृस्तित योजना निमार्ण गरी नेपालको भौगोलिक प्राकृतिक स्रोत साधन को अध्यायन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिन निति नियम अवलम्वन गरी सकारात्मक साेंचका साथ अगाडी बढेमा बिदेशीमुद«ाआर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छ ।

पर्यटन क्षेत्रलाई वढायौ भने प्राकृतिक सौन्दर्यको अनुभुती पर्यटकलाई दिन सके हामी नेपाली हाम्रो नेपाललाई बिश्वकै धनी देश बनाउनमा दुई मत छैन । त्यस्तै पर्यटन बिकासकालागी वृस्तित योजना निमार्ण गरी नेपालको भौगोलिक प्राकृतिक स्रोत साधनको अध्यायन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिन नितिनियम अवलम्वन गरी सकारात्मक साेंचका साथ अगाडी बढेमा बिदेशीमुद«ाआर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छ । नेपाली युवाले नेपाल मै आफ्नो पसिनाको मुल्यनिर्धारण गर्न सके र राज्यले त्यसमा प्रोत्साहन गरेमा युवा वर्ग खुसी र सुखी भई जिवनयापन गर्ने कुरामा विश्वस्त छौ । पर्यटन र कृर्षि व्यबसायले सबै नागरिकको जिबिकापार्जन र रोजगारीको अवसर प्राष्त हुने भएकाले यसको बिकासमा सबै नागरीक र राज्य लाग्नु पर्दछ। गाउँमा वाह्य पर्यटकहरु भित्राउदा कला संस्कृतिको संरक्षण र सम्बद्र्धन पहिचान तथा प्रचार प्रसारको लागि पहल गरी ग्रामिण बिकाशको बलियो आधार निमार्ण गर्न जरुरी छ। जसमा ग्रामिणका मानिसहरुको जिवन शैलिमा ठुलो परिवर्तन आउँछ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी